नेकका चार विद्यार्थीलाई स्पेनमा आकर्षक छात्रवृत्ति
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका चार विद्यार्थीले स्पेनको एक विश्वविद्यालयबाट आकर्षक छात्रवृत्ति पाएका छन् । कलेजमा इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर इन्जिनियरिङ, आर्किटेक, सिभिल एण्ड रुरल तथा सिभिल इन्जिनियरिङ विषय अध्ययनरत चार विद्यार्थीलाई स्पेनको युनिभर्सिडेड पोलिटेक्निका डे कार्टाजेनामा आफ्नो विषयको फाइनल सेमेष्टर पूरा गर्नेछन् ।
कलेजका भाइस प्रिन्सिपल दुर्गा प्रसाद भण्डारीका अनुसार इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर इन्जिनियरिङका हिमाल दाहाल, आर्टिटेक्चरकी उषा त्वायना, सिभिल एण्ड रुरल इन्जिनियरिङका विवेक कोइराला तथा सिभिल इन्जिनियरिङका सुमिल पौडेलले स्पेन गएर छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका हुन् ।
विश्वविद्यालयले उनीहरुलाई कलेजको सम्पूर्ण शुल्क मिनाहा गर्नुका साथै आउने जाने एयर टिकट, त्यहाँ खान, बस्न र ट्याक्सी खर्च समेत व्यवस्थापन गरेको छ । छात्रवृत्ति पाएकामध्ये हिमाल दाहाल र विवेक कोइरालाले त्यहाँको ड्राइरिभर बेडको हाइड्रोलिक अध्ययन परियोजनामा पनि काम गरी अनुभव हासिल गर्ने बताइएको छ । नेपाल इन्जिनियरिङ कलेजले आफ्ना विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय डिग्री तथा शिक्षा हासिल गराउन विश्वका विभिन्न विश्वविद्यालय र कलेजसँग समझदारी कायम गरी शिक्षा, अनुसन्धान र खोजका कार्यहरु आदान प्रदान गर्ने गरेको छ । भर्खरै मात्र कलेजले युरोपका आठ विश्वविद्यालयसँग समेत सोही प्रकारको समझदारी कायम गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया