Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहिमपातका कारण विकास निर्माणका काम प्रभावित

हिमपातका कारण विकास निर्माणका काम प्रभावित


आशिषबहादुर सिंह
बझाङ, माघ २३
जिल्लामा हिमपात र मौसम प्रतिकूलताका कारण विकास निर्माणका काम ठप्प बनेका छन् । विकास निर्माणको कामले गति लिन नसक्दा जनप्रतिनिधिलाई स्थानीय तहमा आएको बजेट फ्रिज भई जान्छ कि भन्ने चिन्ता बढ्दै गएको छ । स्थानीय तह, प्रदेश र संघीय सरकार मातहतका कार्यालयले बजेट विनियोजन गरेका सडक, पुल, भवन, सिंचाइ, खानेपानीलगायतका पूर्वाधार आयोजना निर्माण कार्य ठप्प भएका छन् । यसपालि माघको तेस्रो सातासम्म पनि हिमपात भएकाले विकासको काम ठप्प बनेको जिल्ला समन्वय समितिका प्रमुख खडक खड्काले बताए ।

राष्ट्रिय गौरवको योजनाअन्तर्गत विभिन्न स्थानीय तहका काम अलपत्र परेका छन् । बझाङ जिल्लामा रहेका १२ ओटा स्थानीय तहमध्ये कुनै पनि स्थानीय तहका काम रफ्तारमा अगाडि बड्न सकेका छैनन् । जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकामा भारी हिमपात र वर्षका कारण आयोजनाका कामहरू गर्न नसकेको गौडा खानेपानीका अध्यक्ष केशवबहादुर सिंहले बताए ।

आयोजनाको काम एक महिनापछि धकेलिएको उनको भनाइ छ । विकास आयोजनामा ढिलासुस्ती हुनुका साथै पुँजीगत बजेट परिचालनमा समस्या देखिएको छ । बझाङ जिल्लाका स्थानीय तहले बजेट विनियोजन गरेका कुनै पनि योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सकेका छैनन् ।

अधिकांश योजनाको सम्झौता मिति गएपछि करोडौँ बजेट काम नभई फिर्ता हुनसक्ने जयपृथ्वी नगरपालिका वडा न २ का अध्यक्ष सुकदेव जोशीले बताए । बजेट कार्यान्वयनका लागि अनुकूल मौसमको प्रतिक्षामा रहेको साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए । यातायातका साधन सञ्चालन हुन नसकेको साइपाल गाउँपालिकामा काम गर्ने झन् चुनौती देखिएको अध्यक्ष धामीले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया