Techie IT
×
गृहपृष्ठनेपालहिमपातले खुम्बुको जनजीवन कष्टकर

हिमपातले खुम्बुको जनजीवन कष्टकर


सोलुखुम्बु । जिल्लाको खुम्बु क्षेत्रमा यस वर्षको दोस्रो पटक भएको हिमपताले जनजीवन कष्टकर बनेको छ । करिब एक महिनाअघि परेको हिउँ पग्लिन नपाउँदै पुनः हिमपात हुँदा चिसोले जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् ।

दोस्रो पटक गत बुधबारदेखि शनिबारसम्म खुम्बुको नाम्चे, खुम्जुङसहितका क्षेत्रमा भारी हिमपात भएको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए । उनले भने, ‘हिउँ परेर यहाँ त सेताम्मे छ, नाम्चे क्षेत्रमा मात्रै करिब छ इन्चजति हिउँ जमेको छ, हामी त आगो तापेर बसेका छौँ । चिसोले काम गर्न सकिने अवस्था नै छैन त ।’

हिमपातपछि तापक्रम घटेर नाम्चेमा माइनस ११ डिग्रीसम्म पुगेको खुम्बुङका स्थानीय छिमी शेर्पाले बताए । ‘हिमपातपछि बाहिर निस्किने बस्तुभाउलाई घाँसपात गर्नै सकेको छैन। चिसो त्यस्तै छ, पहिला परेको हिउँ नै डम्मै छ, त्यसैमाथि फेरि हिउँ प-यो गाह्रो छ नि यहाँ त’, उनले भने । खुम्बुका धेरैजसो स्थानीयवासी यसअघि नै चिसो छल्न अन्यत्र गइसकेका छन् । चिसोले पानी पाइपमा नै जम्दा पिउने पानीको समेत समस्या भएको छ । हिमपात र वर्षापछि जिल्लाको सदरमुकामसहित तल्लो भोगमा पनि अत्यधिक चिसोको महसुस गरिएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया