Techie IT
×
गृहपृष्ठनेपालचरीकोट–जिरी ५५ किलोमिटर सडकको कालोपत्रे माघभित्र सकिने

चरीकोट–जिरी ५५ किलोमिटर सडकको कालोपत्रे माघभित्र सकिने


दोलखा । जिल्लाको सदरमुकाम चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडकको कालोपत्रे सकिन लागेको छ । तीन वर्षअघिदेखि चरीकोट–जिरीसम्मको सडकखण्डको स्तरोन्नतिसहित कालोपत्रे गर्ने काम सुरु गरिएको थियो । यस सडकखण्डअन्तर्गत ५१ किलोमिटर सडकको कालोपत्रे सकिएको सडक आयोजनाका मुख्य परामर्शदाता सीमित ईआएमसी जेभी प्रमुख राजेन्द्र पौडेलले जानकारी दिए । बाँकी रहेको चार किलोमिटर सडकको कालोपत्रेको काम पनि चलिरहेकाले यही महिनाभित्र सक्ने गरी काम भइरहेको उनले बताए ।

माघ दोस्रो साताभित्र सकिने काम मौसममा आएको बदलीका कारण चिसो बढेकाले कालोपत्रे गर्न समस्या भएको हाल कालोपत्रेको काम रोकिएको उनको भनाइ छ । ३३ वर्षअघि विदेशीले निर्माण गरिदिएको चरीकोट–जिरी ५५ किलोमिटर सडकको पुरानो कालोपत्रेले काम गर्न छाढेपछि सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने काम लामा कन्स्ट्रक्सनले गरिरहेको छ । आयोजनाले तापक्रम नपुग्ने तथा हिमपात हुने काभ्रेको हिटिमाथिदेखि खावासम्मको चार किलोमिटर सडकको कालोपत्रे हाल्न बाँकी रहेकोे जनाएको छ । मौसम सुधार हुनासाथ दुई साताभित्र सबै कालोपत्रको काम सकिने आयोजनाले जनाएको छ । यस सडकको स्तरोन्नति गर्न भारतीय एक्जिम बैंककले तीन अर्ब ७० करोड सहुलियत ऋण सहयोग गरेको छ ।

सडक निर्माण गर्न सरकारले २०७४ सालमा नेपाली सडक निर्माण कम्पनी लामा कन्स्ट्रक्सनलाई दुई अर्ब २८ करोडमा निर्माण सम्झौता गरेर जिम्मा दिएको थियो । उक्त सडकको नाला, ग्याबिन वाल, वायुइन्जिनियरिङ कार्य, जोखिम न्यूनीकरणका संरचनासहित ५५ किलोमिटरकै कालोपत्रे गर्नेगरी सम्झौता भएको थियो ।

निर्माण कम्पनीले राज्यले तोकेको समयभित्र नै सडकको काम सक्न लागेको हो । यस आयोजनाको सम्झौता म्याद सकिन अझै दुई महिना बाँकी रहेको छ । आयोजनाको म्याद २०७८ फागुनसम्म रहेकोे छ । जिल्लाको मुख्य व्यापारी केन्द्र चरीकोट–तामाकोशी नाम्दु हुँदै मैनापोखरी खावा तथा जिरीलाई जोड्ने यस सडक ३५ वर्षपछि पुनः कालोपत्रे गरिएको हो । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया