काठमाडौं । बेलायतका लागि नेपाली नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले आफ्नो कार्यकालमा नेपाल बेलायत व्यापार सम्झौता प्राथमिकतामा रहने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटमा उनले नेपाल बेलायत व्यापार सम्झौता प्राथमिकताका साथ अगाडि बढाउने बताए ।
‘बेलायत अब ईयूबाट हटिसकेपछि हामीले छुट्टै सम्झौताको कुरा उठाइरहेका छौँ’, उनले भने, ‘यो मेरो प्राथमिकतामा रहेको विषय हो ।’ यस्तै राजदूत आचार्यले महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रुपान्तरण (भिजन पेपर) र अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा निजी क्षेत्रमा पर्ने प्रभावबारे गरेको अध्ययनले आफूलाई निजी क्षेत्रको धारणा बुझ्न र यी विषयमा काम गर्न सहज हुने बताएका थिए । भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले बेलायतसँग लगानी र व्यापार विस्तार प्राथमिकतामा रहनुपर्ने बताएका थिए । अध्यक्ष गोल्छाले पुरानो सम्बन्ध भए पनि बेलायतबाट न्यून लगानी भएको हुँदा सम्भावना पहिल्याउन सकिने बताए ।
पछिल्लो समय व्यापार पूर्वाधारमा भइरहेको प्रगति, विद्युत्को सहज आपूर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको उनको भनाइ थियो । ‘पूर्वाधार, श्रम सम्बन्ध, विद्युत् आपूर्ति आदिमा उल्लेख्य सुधार भइरहेको छ’, उनले भने, ‘हामीले बेलायतमा यी विषय प्रस्तुत गर्न सक्नुपर्छ ।’
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गैरआवासीय नेपालीहरूलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न अनुमति दिइएकोले यसको सदुपयोग गर्नुपर्ने बताए । ‘यसले तरलता अभावको अहिलेको अवस्था केही सहज हुनेछ’, उनले भने, ‘दूतावासबाट यसबारे जानकारी दिएर बेलायतमा प्रचारप्रसार गर्न सकिन्छ ।’
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया