‘सत्यम स्कुल’को व्यवस्थापन द ब्रिटिश कलेजले गर्ने
काठमाडौं । ‘द ब्रिटिश कलेज’ (टीबीसी)ले चितवनको भरतपुरस्थित सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुलको व्यवस्थापन गर्ने भएको छ । प्रतिष्ठित ब्रिटिश एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले सत्यम स्कुलको व्यवस्थापन गर्न लागेको हो ।
सत्यम स्कुल ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गतको टीबीसीको व्यवस्थापनमा आएसँगै दक्षिण नेपालको अग्रणी शैक्षिक संस्थाहरुमध्येको एक बनाउनको लागि केही उल्लेखनीय परिवर्तनहरु हुने भएका छन् । अब सत्यम स्कूलबाट विश्वस्तरीय शिक्षा प्रदान गर्नको लागि अत्याधुनिक भौतिक सुविधाहरुसँगै बेलायतका अनुभवी फ्याकल्टीहरूको प्रत्यक्ष निगरानी रहने भएको छ । व्यवस्थापनसँगै अब स्कुल ब्रिटिश एजुकेसन ग्रुपको एक हिस्सा बन्नेछ । ब्रिटिश एजुकेसन ग्रुपले काठमाडौँ, लण्डन तथा दुबईमा कलेजहरु सञ्चालन गर्दै आइरहेको छ । साथै, यस ग्रुपले नेपालका बिभिन्न क्षेत्रहरुमा रहेका स्कुलहरुको व्यवस्थापन पनि थालेको छ । त्यसैगरी पोखरामा छिट्टै स्कुल खोल्ने अवस्थामा रहेको छ । यस्तै करिब छ महिनाअघि लुम्बिनी प्रदेशस्थित नमस्ते एकेडेमी रुपन्देहीलाई पनि यो ग्रुपले व्यवस्थापनको जिम्मा लिएको थियो । नमस्तेपछि कलेजले सत्यमको पनि व्यवस्थापन गर्नलागेको हो ।
लामो समयदेखि ब्रिटिश कलेजको सल्लाहकार समितिमा रहेका तथा ब्रिटिश एजुकेसन ग्रुपका वरिष्ठ सल्लाहकार पाउल क्ल्भ्सि एमबीईले छोटो समयमा नै नमस्ते एकेडेमीको कुसल व्यवस्थापनको बाटोमा देखिन यो समूह सफल भएकोले सत्यम स्कूलको ब्यवस्थापन पनि राम्रो हुने बताए । उनले भने, ‘हामीले नमस्ते एकेडेमीको व्यवस्थापन थालेपछि ठूलो सुधार भएको देखेका छौँ । त्यसैले हामीले सत्यम जेभियर्स इङ्लिस बोर्डिङ स्कुलमा पनि शिक्षा क्षेत्रमा गरिएको दशौं वर्षको विश्वव्यापी अनुभवले अझ अगाडि बढ्न र नेपालमा उच्च गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत गर्नेछ ।’ ब्रिटिश एजुकेसन ग्रुपका संस्थापक राजन कँडेलले थापाथलीमा सन् २०१२ मा द ब्रिटिश कलेज स्थापना गरेको र आफूहरुले अन्तर्राष्ट्रिय अनुभव र विशेषताहरु नेपालका विद्यार्थीहरुलाई बाँड्दै अगाडि बढ्न चाहेको बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया