Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसहकारीको रकम हिनामिना गरेर फरार महर्जन पक्राउ

सहकारीको रकम हिनामिना गरेर फरार महर्जन पक्राउ


काठमाडौं । सहकारी संस्थामा बचतकर्ताहरुको बचत रकम हिनामिना प्रकरणमा दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त प्रकरणका फरार प्रतिवादी पञ्चमान महर्जनको बिहीबार काठमाडौको स्वंम्भुबाट पक्राउ गरेको जानकारी दिएको छ ।

सीआईबीका अनुसार काठमाडौंको कालीमाटीमा रहेको साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा जम्मा गरेको २२ करोड ६४ लाख ९४ हजार चार सय ७८ रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो संस्थाका पदाधिकारीहरु र सञ्चालकहरुलाई आर्थिक लाभ हुने गरी तोकिएको प्रयोजनबाहेकको व्यापारिक कारोबार र आफन्तका नाममा जग्गा खरिद गरी ठगी गरेको भन्ने मुद्दामा उक्त संस्थाका लेखा समिति संयोजक प्रतिवादी पंचमान महर्जन समेतले ऋण प्रवाह तथा असुली गर्दा त्रुटि गरेकोले ठगीमा संलग्न भएको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले वि.सं. २०७३ असार १९ गते प्रतिवादी पंचमान महर्जनलाई छ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

फैसलालगत्तै फरार भएका महर्जनलाई सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले माघ २० बिहीबार काठमाडौंको स्वयम्भूबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि शुव्रmबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया