बर्दिया । कम गुणस्तरका विद्युतीय तथा स्टेसनरी सामग्रीहरू ब्रान्डेड भन्दै बिक्री गर्नेलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । जिल्लाका विद्यालयहरूमा ब्रान्डेड सामग्री भन्दै उच्च मूल्यमा बिक्री गरी ठगी गर्ने कास्की पोखरा महानगरपालिका २५ बस्ने ३९ वर्षीय प्रकाश बराल क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बर्दिया जिल्लाका केही विद्यालयहरूमा क्षेत्रीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाम प्रयोग गर्दै साइबर एन्ड लाइब्रेरी नाम गरेको कम्पनीको नाममा केही प्रविधिसँग जानकार नभएका विद्यालय तथा संघ संस्थाहरूलाई भ्रममा पारेर कम गुणस्तरका विद्युतीय तथा स्टेसनरी सामग्रीहरू उच्च मूल्यमा बिक्री गरेका थिए । उक्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका–६ स्थित बङ्लामुखी विद्यालयको परिसरमा उक्त सामग्रीहरू बिक्रीवितरण गरिरहेको अवस्थामा फेला उनलाई पक्राउ गरेको हो ।
क्षेत्रीबाट नगद एक लाख ९२ हजार रूपैयाँ, विभिन्न बैंकका चेक तीन थान, साइबर एन्ड लाइबे्ररीको नाममा रहेको बिल ठेली चार थान, प्रिन्टर १९ थान, मनिटर १९ थान, सीपीयू १९ थान, प्रोजेक्टर १७ थान, पेनड्राइभ १७ थान, क्यालकुलेटर १७ थान, राइटिङ बोर्ड २० थान, सीसीटीभी १८ थान, किबोर्ड १९ थान, नेपाली बृहत शब्दकोश किताब ७ थान, अक्सफोर्ड किताबलगायतका विभिन्न शब्दकोश ३० थान, विभिन्न पुस्तक र क्यालेन्डर भएको कार्टुन २९ थान प्रहरीले बरामद गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
- सांग्रिला डेभलपमेन्ट बैंक र होटल शारा पोखराबीच सम्झौता
- ‘डाउन सिन्ड्रोम तथा अटिज्म भएका बालबालिकाहरुका लागि छुट्टै विद्यालय’
- हरित हाइड्रोजन उत्पादन गर्न समझदारीपत्रमा हस्ताक्षर
- भायानेटका ग्राहकले नौ सय ९९ रुपैयाँमा प्रतिमहिना २०० एमबीपीएस इन्टरनेट पाउने
- रोल्याण्ड–गार्रोस र ओप्पोले साझेदारीलाई निरन्तरता दिने
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया