Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएमडीजीपी डाक्टर पुगेपछि जिरी अस्पतालमा शल्यक्रिया सुरु

एमडीजीपी डाक्टर पुगेपछि जिरी अस्पतालमा शल्यक्रिया सुरु


दोलखा । दोलखाको जिल्ला अस्पताल जिरीमा दुई वर्षदेखि एमडीजीपी डाक्टर नहुँदा बन्द रहेको शल्यक्रिया सेवा फेरि सुरु भएको छ । एमडीजीपीसहित आवश्यक जनशक्ति जुटाएर अस्पतालका एमडीजीपी डाक्टर देबेन्द्र गौतमले रोकिएको शल्यक्रिया सेवा सुरु गरेको बताए ।

स्वास्थ्य जनशक्ति अभावले बन्द रहेकोे शल्यक्रिया सेवा आइतबारदेखि सञ्चालनमा आएको हो । बन्द रहेकोे सो सेवा एक स्वास्थ्य समूह बनाएर सुरु गरेको अस्पतालका एमडीजीपी प्रमुख डाक्टर गौतमले जानकारी दिए । दुई साताअघि अस्पताल प्रमुख बनेर जिरी आएका डाक्टर गौतमले आफ्नो नेतृत्वमा पाँच जनाको स्वास्थ्य समुह बनाएका छन् । उक्त समूहले रामेछापबाट सुत्केरीको लागि आएकी एक गर्भवती महिलाको सफल शल्यक्रिया गरेर सेवा सुचारु गरेको हो ।

रामेछापको गोकुलगंगा गाउँपालिका ३ की निरमाया तामाङको शल्यक्रियामार्फत प्रसूति गराइएको डा. गौतमले बताए । गौतमसहित पाँच जनाको स्वास्थ्य टोलीले तामाङको सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । तामाङले छोरी जन्माएकी छिन् । लामो समयदेखि बन्द रहेकोे शल्यक्रिया सुचारु भएकाले अब जिरी आसपासका पुरुष तथा महिलाले महँगो शुल्क तथा यातायात खर्च गरेर चरिकोटसम्म जानुपर्ने बाध्यता हटेको डा. गौतमले बताए । त्यस्तै अस्पतालका सेवालाई थप व्यवस्थित गर्दै अझ प्रभावकारी बनाउने उनको भनाइ छ । करिब एक महिनाअघि भीमेश्वर नगरपालिकाले चरीकोट अस्पतालमा कार्यरत गौतमलाई स्वास्थ्य मन्त्रालयमा फिर्ता पठाएको थियो । पछि प्रदेश सरकारले गौतमलाई जिल्ला अस्पताल जिरीको प्रमुख बनाएर पठाएको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया