कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका झलारी बजारमा सरकारी निकायबाट अनुमति नै नलिई एक वर्षदेखि ‘टी एन्ड सी अस्पताल’ सञ्चालन गरिएको पाइएको छ । अस्पतालका सञ्चालनका लागि चाहिने मापदण्ड पूरा नगरी अस्पताल सञ्चालन हुँँदा समेत सरकारी निकाय मौन रहेको स्थानीयले आरोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरमा अस्पताल दर्ताका लागि फायल पेस भए पनि भवनको क्षेत्र, ओपीडी, पार्किङ, आफ्नै फोहरमैला व्यवस्थापन केन्द्र र निर्धारित बेडको व्यवस्थासँगै आवश्यक जनशक्तिको व्यवस्थापन नगर्दा अस्पताल दर्ता हुन सकेको छैन । स्वास्थ्य कार्यालयका अस्पताल दर्ता फाँटका कर्मचारी कपिल जोशीले टी एन्ड सी अस्पतालका सञ्चालकलाई न्यूनतम मापदण्ड पूरा गरेर मात्रै आउन भने पनि सञ्चालक सम्पर्कमा नआएको बताए । ‘अस्पतालको फायल पेस गरेकै बेला न्यूनतम मापदण्ड पूरा गर्न भनेका हौँ’, उनले भने, ‘पछि सम्पर्कमै आउनुभएन । निश्चित प्रक्रिया पूरा नगरिक नै अस्पताल सञ्चालनको अनुमति दिन सकिँदैन ।’ उनका अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गरेपछि अनुगमन हुन्छ । अनुगमनका क्रममा सबै प्रक्रिया पूरा गरेको पाइए मात्रै सञ्चालनको अनुमति दिइन्छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा अस्पताल दर्ता भएको तर अस्पताल सञ्चालनका लागि हालसम्म अस्थायी अनुमति समेत नपाएको जोशीले बताए ।
अस्पताल दर्ता प्रक्रियामा रहेको टी एन्ड सी अस्पतालका सञ्चालका तथा डाक्टर फुलराम चौधरीले बताए । माथिल्लो निकायको नीति नियमका कारण अस्पताल दर्ता प्रक्रियामा ढिलाइ भएको उनको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयका कोही पनि पदाधिकारी अनुगमनमा नआएकाले अनुमति प्रक्रियामा ढिलाइ भएको उनले बताए । ‘अस्पतालको अनुगमनका लागि माथिल्लो निकायबाट आउनुपर्छ’, उनले भने, ‘हालसम्म पनि कोही आएका छैनन्, त्यसकारण अस्पताल दर्ता प्रक्रियामा ढिलाइ भएको छ ।’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले स्थानीय शासन सञ्चालन ऐन २०७४ मा १५ शय्यासम्मको अस्पताल, क्लिनिक नगरपालिकाले दर्ता गर्ने र जनस्वास्थ्य सेवा ऐन २०७५ को नियमावली २०७६ ले २५ शय्यासम्मको अस्पताल स्वास्थ्य कार्यालयले दर्ता गर्ने प्रावधान गरेको बताउँछन् ।
सञ्चालन अनुमति नलिई अस्पतालले बिरामीबाट उपचारको नाममा चर्को मूल्य असुल्दै आएको उपचारका लागि पुग्नेहरूको गुनासो छ । सामान्य किसिमका बिरामीलाई समेत शय्यामा भर्ना गराएर शुल्क लिने गरिएको छ । अस्पतालजन्य फोहर व्यवस्थापनको कार्य समेत सन्तोषजनक नभएको स्थानीय बताउँछन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया