प्रतिकेजी ३५ करोडमा युरेनियम बिक्री गर्न लागेका आठ जना व्यक्ति पक्राउ
काठमाडौं । युरेनियम पदार्थसहित आठ जना व्यक्तिहरू पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार यही फागुन दुई गते अन्दाजी १७ः३० बजे काठमाडौँ जिल्लाको बौद्ध इलाकामा केही व्यक्तिहरूले विभिन्न समूह बनाई युरेनियमको संकलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्रीवितरण गर्दै छन् भन्ने सूचना प्रहरी प्रधान कार्यालयमा आएको थियो ।
सोअनुरूप प्रहरी प्रधान कार्यालय, नक्सालबाट सादा पोशाकमा परिचालित प्रहरीको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीबाट काठमाडौँ महानगरपालिका वडा नं. ६ बौद्ध स्थित ह्यायत रिजेन्सी होटल काठमाडौँको कार पार्किङ गर्ने स्थानमा पार्किङ गरी राखेको अवस्थाको बा ५ च ८२०९ नं. को कारभित्रबाट दुई किलोग्राम र आठ सय ग्राम तौल भएको युरोनियम भनिएको पदार्थसहित भुपेन्द्र बहादुर खड्का र नवराज महतलाई फेला पारी सोधपुछ गर्ने क्रममा उक्त युरोनियमजस्तो देखिने पदार्थलाई निजहरूले भारतबाट ल्याई प्रतिकेजी ३५ करोड रूपैयाँमा बिक्री गर्न लाागेको र उक्त कार्यमा अन्य आठ जना व्यक्तिहरूको समेतको सहभागिता रहेको जानकारी दिएपछि प्रहरीले सोही स्थानबाट अन्य आठ जनालाई पनि पक्राउ गरेको हो ।
परिसरका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका वडा नं.१ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. १० कपन बस्ने ३४ वर्षीय भुपेन्द्र खड्का, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं.६ महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, ललितपुर महानगरपालिका वडा नं.१४ घर भई सोही स्थान बस्ने ६० वर्षीय नवराज महत, सिराहा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौँको ठमेल बस्ने ४० वर्षीय गोपिलाल दास, सिराहा वरियापारपट्टी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौँको ठमेल बस्ने ५५ वर्षीय जिवछ नारायण यादव, महोत्तरी घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ७ शिवचोक बस्ने वर्ष ३८ वर्षीय सुरेन्द्र प्रसाद चौधरी, भारतको बिहार प्रदेश गया जिल्ला चनादहोता घर भएका वर्ष ६३ वर्षीय उपेन्द्र कुमार मिश्र र भारतको महोत्तरी जिल्ला एकाडारा ६ बगैया कलुवा घर भएका ४४ वर्षीय राजु ठाकुर रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट बा ५ च ८२०९ नं. को प्राइभेट कार, २ केजी आठ सय ग्राम तौल भएको युरेनियम भनिएको पदार्थसहितको झोला थान–१, बा २६ प. १६२८ नं. को होन्डा कम्पनीको मोटर साइकल थान–१, भुपेन्द्र खड्काको नाममा जारी भएको एकेडेमी अफ वीर गोर्खाज सेक्युरिटीको परिचय–पत्र थान–१ र विभिन्न कम्पनीको मोबाइल सेटहरू थान– ९ बरामद भएका छन् ।
घटनाको सम्बन्धमा पक्राउ परेका व्यक्तिहरूउपर सम्मानित काठमाडौँ जिल्ला अदालत काठमाडौँबाट ‘रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अन्र्तगत मुद्दामा दिन सात दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भई प्रहरीले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया