अल्का अस्पताल १६ वर्षमा, आईभीएफमा एक हप्तासम्म निःशुल्क ओपीडी
काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल मंगलबारदेखि १६ वर्षमा प्रवेश गरेको छ । २०६२ फागुन ३ गतेदेखि अल्का अस्पताल सञ्चालनमा आएको हो । ‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौँ’ भन्ने नारासहित कुमार थापाले अल्का अस्पताल सञ्चालन गरेका हुन् । एक सय स्वास्थ्य शय्या रहेको अस्पताललाई मन्त्रालयले १४ वर्षअघि सञ्चालनका लागि अनुमति दिएको थियो ।
अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले अस्पताल १६ वसन्त पार गर्दा निकै खुसी भएको बताए । अध्यक्ष थापाले सेवाग्राहीले अस्पतालप्रति गरेको विश्वासका साथै अस्पतालका चिकित्सक र कर्मचारीहरुको लगावलाई आफूले सधैँ सम्झिरहने बताए ।
अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठले सेवाग्राहीहरुलाई सहज र सरल रुपमा उपचार दिन अस्पतालले अझ सेवा थप र विस्तार गर्न लागेको बताइन् । अस्पतालले केही समयअघि अल्का आईभीएफ सेन्टर र डाइबेटिज सेन्टरको स्तरोन्नति गरेको थियो । अस्पतालले नयाँ प्रविधिहरु राखी बिरामीहरुलाई सेवा दिँदै आइरहेको छ । निर्देशक श्रेष्ठका अनुसार अस्पतालमा सुविधासम्पन्न एनआईसीयु कक्षका साथै टेष्टट्युब बेबी सेवा, प्रसूति तथा महिला रोगसेवा, डाइबेटिज, बालरोग, मुटुरोग तथा यसका सम्पूर्ण परीक्षण पनि हुँदै आएको छ ।
यसका साथै नशासम्बन्धी बाथरोगसम्बन्धी, यौन तथा छाला रोगसम्बन्धी, ग्यास्ट्रोलोजी, रेडियोलोजी, आँखा, नाक, कान, घाँटी, दाँतरोग, युरोलोजिष्ट, कलेजो रोग, एनेस्थेसिया विशेषज्ञहरुबाट अस्पतालले बिरामीहरुलाई दिने सेवामा पनि अल्का अगाडि छ । १६ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अस्पतालले यस वर्ष पनि विगतका वर्षहरुझैँ रक्तदानको कार्यक्रम आयोजना गरिएको छ । वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले आईभीएफमा यही फागुन ३ गतेदेखि १० गतेसम्म शनिबारबाहेक ओपीडी निःशुल्क गरेको छ । आईभीएफ टेष्टमा २० प्रतिशत छुट तथा आईभीएफ र आईयू आईमा विशेष सहुलियत दिइने अस्पतालले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया