काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आफ्नो स्थापनाको नवौँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । महासंघले शुक्रबार काठमाडौंको नक्सालस्थित भगवतीबहालमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको महासंघका सल्लाहकार समेत रहेका पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरेका थिए । उनले सुनचाँदी व्यवसायीहरुलाई एकजुट भएर लाग्न पनि सुुझाव दिए । कार्यक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले महासंघले रक्तदान कार्यक्रमको आयोजना गरी सामाजिक उत्तरदायित्व वहन गरेको बताए ।
रक्तदान कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य, उद्यमी व्यवसायी, कर्मचारी र स्वतन्त्र व्यक्तिहरुले समेत सहभागिता जनाएका थिए । महासंघको स्थापना दिवसका अवसरमा सातौँ प्रदेश महासंघ तथा जिल्ला संघहरुले पनि विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको महासंघले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया