एभरेष्ट अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
काठमाडौं । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताल प्रालिले निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गर्ने भएको छ । नारी दिवसका अवसरमा मंगलबार अस्पतालले विशेषगरि स्त्री रोगसँग सम्बन्धित निःशुल्क स्वास्थ्यशिविर सञ्चालनमा ल्याउने भएको हो ।
वरिष्ठ स्त्रीरोग तथा निःसन्तान विशेषज्ञ डा. जोत्सना शर्मा तथा ल्याप्रोस्कोपी सर्जन तथा निःसन्तान विशेषज्ञ डा. राजन शाह र बेस्ट अनकोसर्जन डा. विकास शाहले स्तन क्यान्सरको निःशुल्क ओपीडी सञ्चालन गर्ने भएका छन् । यस सेवा मंगलबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ ।
स्त्रीरोग तथा निःसन्तानसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण र स्तन क्यान्सरसम्बन्धी सम्पूर्ण रोगको परामर्श, जाँच एवम् उपचार गरिनेछ । नेपाली समाजमा दिनप्रतिदिन बाँझोपन तथा स्त्रीरोगको समस्या तथा स्तन क्यान्सरको समस्या दिनप्रतिदिन बढ्दो देखिएकोले एकदिने स्वास्थ्यशिविर सञ्चालन गर्न लागिएको अस्पतालका प्रशासकीय प्रमुख दिपक चन्द्र बरालले बताए । उनका अनुसार शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श साथै प्याप स्मेर जाँच गर्दा कुनै शुल्क नलाग्ने र अल्ट्रासउन्डमा ५० प्रतिशत र ल्याब टेस्टमा ३० प्रतिशत र अन्य अस्पतालले दिने सेवा समेत ३० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ ।
पाठेघरमा मासु पलाएको निकाल्ने शल्यक्रिया, बिरामीको पाठेघर निकाल्ने शल्यक्रिया, अण्डामा शिष्ट पलाएको, पाठेघर निकाल्ने शल्याक्रियालगायत स्त्री रोगसम्बन्धी कुनै पनि समस्या भएका र उनीहरुको ल्याप्रोस्कोपी सर्जरीबाटै अप्रेसन गर्नु नै पर्ने अवस्था आएमा पनि यस शिविरको दिन ३० प्रतिशत छुटको व्यवस्था ल्याएको अस्पतालले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया