काठमाडौं । नेपालको पहिलो बिस्कुट तथा कन्फेक्सनरी उत्पादक कम्पनी नेबिको प्रालिले आफ्ना चार उत्पादनहरु बजारमा सार्वजनिक गरेको छ ।कम्पनीले सोमबार विभिन्न चार क्याटेगोरीमा आफ्ना उत्पादनहरु सार्वजनिक गरेको हो । कम्पनीका अनुसार बिस्कुटमा डि–५० डाइजेस्टिभ, कुकिजमा नाइस मिल्क, खाद्यान्नमा कुरुम कुरुम चिउरा र स्न्याक्समा सालटेस पिनट्स बजारमा ल्याएको हो । नेबिकोले आफ्ना उत्पादनहरु आकर्षक देखाउन र उपझोक्तासम्म सुरक्षित पु-याउन प्याकेजिङमा समेत विशेष ध्यान दिँदै आएको छ ।
उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी कम्पनीले उत्पादनहरु विकास र विस्तार गरेको र थप गुणस्तरमा प्रतिबद्धता समेत जनाउँदै आएको छ । कम्पनीका अनुसार डि–५० डाइजेस्टिभ बिस्कुट १५० ग्रामको मूल्य ५० रुपैयाँ तोकिएको छ । यसले उपभोक्ताको पाचन प्रणालीमा सहजीकरण गर्ने र स्वास्थ्य एवं तागत प्रदान गर्ने कम्पनीको दाबी छ । यस्तै नाइस मिल्क कुकिज दूधको स्वादमा रहेको पौष्टिकयुक्त आहार हो । १८० ग्रामको यो कुकिज आकर्षक प्याकेटमा मात्र ५० रुपैयाँमा उपलब्ध गराइएको छ ।
यस्तै कुरुम कुरुम चिउरा आठ सय ग्रामको तौलमा मात्र ९५ रुपैयाँमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यो एकदमै गुणस्तर र स्वास्थ्यवद्र्धक रहेको समेत कम्पनीको दाबी छ । यसैगरी साल्टेड पिनट्स पनि आकर्षक प्याकेजिङमा युवायुवतीहरुलाई लक्षित गरी बजारमा ल्याएको कम्पनीले जनाएको छ । ३५ ग्रामको प्याकेटमा उपलब्ध सालटेस पिनट्सको मूल्य २० रुपैयाँ तोकिएको छ ।
यस्तै कम्पनीले आगामी दिनमा समेत थप उत्पादनहरु बजारमा ल्याउने तयारी थालेको जनाएको छ । कम्पनीले विगत छ दशकको अवधिमा विभिन्न प्रकारका बिस्कुट, कन्फेक्सनरी, कुकिज, सिरियल्स, खाद्यान्न हुँदै स्न्याक्सलगायतका उत्पादनहरु उपझोक्तामाझ उपलब्ध गराइसकेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया