Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘मेरो घर, सफा घर’ कार्यक्रम सुरु

‘मेरो घर, सफा घर’ कार्यक्रम सुरु


दोलखा, माघ २८
तामाकोशी गाउँपालिका जिल्लामै फरक किसिमको अभियान चलाउने भएको छ । गाउँपालिकाले आफ्नो घर सफा राखेबापत घरमूलीलाई सम्मान गर्ने भएको हो । पालिकाले गाउँघरलाई सफा राख्ने उद्देश्यले ‘मेरो घर सफा घर’ कार्यक्रम सञ्चालन गर्न लागेको हो । पालिकाले घर सफा राख्ने प्रत्येक वडाका ६३ जना घरमूलीलाई नगद तीन हजारका दरले पुरस्कार समेत प्रदान गर्न बजेट नै छुट्याउने निर्णय गरेको छ ।

पालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले गाउँपालिकाको छैठौँ हिउँदे गाउँसभाको अवसरमा गाउँघर सफा राख्ने अभियान चलाउने निर्णय गरेको बताए । त्यसैगरी पालिकाले अन्य विभिन्न कार्यक्रमको सुरु गर्ने भएको छ । गाउँसभाले ‘ग’ वर्गमा पर्ने अपाङ्गहरूलाई मासिक एक हजार भत्ता दिने भएको छ । गाउँपालिकाले खानेपानी व्यवस्थापन गर्न सबै वडामा ‘एक घर एक धारा’को कार्यक्रमलाई तीव्रता दिएर सबै स्थानीयलाई खानेपानी उपलब्ध गराउने जनाएको छ ।

त्यसैगरी कृषिक्षेत्रको अनुदानलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यदल गठन गरी काम सुरु गर्ने पालिकाले जनाएको छ । गाउँसभामा अध्यक्ष पोखरेलले सामूहिक खेतीलाई प्राथमिकतामा राख्ने, सुकुम्बासीविहीन गाउँपालिका घोषणा गर्ने, विद्यालयमा औचित्यको आधारमा शिक्षक व्यवस्था गर्ने बताए । साथै यस वर्षदेखि गाउँपालिकाभित्र सुगर र प्रेसर रोगीहरुलाई पनि औषधि निःशुल्क दिने निर्णय गरेको उनले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया