Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवडा कार्यालय भवन निर्माण सम्पन्न

वडा कार्यालय भवन निर्माण सम्पन्न


दोलखा, फागुन २
जिल्लाको बैतेश्वर गाउँपालिका वडा नं २ गैरीमुदीको वडा कार्यालय भवनको निर्माणकार्य सम्पन्न भएको छ । वडा कार्यालय भवनको बिहीबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । बैतेश्वर गाउँपालिकाका अध्यक्ष्य छवि लामा र उपाध्यक्ष्य रविचन्द्र आचार्यले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् ।

नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष्य लामाले वडा नं २ मा हालसम्म भएका विकास निर्माणबारे जानकारी गराउँदै आगामी दिनमा सो क्षेत्रको लागि छुट्याइएको बजेट र योजनाबारे स्थानीयलाई जानकारी गराएका थिए । वडा नं २ गैरीमुदी हुँदै चल्ने गाउँपालिकाको मुख्य सडक कालोपत्रे गर्न २ करोड बजेट छुट्याइएको र कालोपत्रेको काम सुरु भएको उनले बताए साथै पालिकाले वडा नं १ र २ लाई लक्षित गरी गौतमबुद्धको दुई वटा मूर्ति निर्माण गरेको बताए ।

त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष्य रविचन्द्र आचार्यले यस वडा कार्यालय भवन निर्माणको लागि गाउँपालिकाले गत आर्थिक वर्ष ९३ लाख रुपैयाँ छुट्याएको जानकारी दिए । गाउँपालिकाले विशेषगरी वडा तहका स्थानीयलाई लक्षित गरी कृषि, खानेपानी, स्वास्थ्य, शिक्षा, सडक र भौतिक संरचनालगायतका क्षेत्रमा बजेट छुट्याउने गरेको छ । हाल गाउँपालिकाको मुख्य कार्यालय र चारवटा वडाले आफ्नै कार्यालय भवनबाट सेवा दिइरहेका छन् । बाँकी चार वडाहरुको कार्यालय भवन निर्माणाधीन अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया