Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसंस्कृति इन्टरनेसनल स्कुलको सिकाइ सुधार कार्यशाला

संस्कृति इन्टरनेसनल स्कुलको सिकाइ सुधार कार्यशाला


काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले सिकाइ सुधार सम्बन्धि २ दिने कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यशाला इन्टरनेसनल करिकुलम एसोसिएसन (आईसीए) सँगको सहकार्यमा गत शनिबार र आइतबार ठमेलको अलफ्ट होटलमा सञ्चालन गरिएको थियो ।

कार्यशालाका सहभागीहरुले अन्तर्राष्ट्रिय पाठ्यक्रममा कार्यरत शिक्षकहरुद्वारा सञ्चालित विभिन्न कक्षागत अभ्यासहरु तथा उनीहरुको व्यवहारिक अनुभवमार्फत अन्तर्राष्ट्रिय शिशु शिक्षा पाठ्यक्रम, अन्तर्राष्ट्रिय प्राथमिक शिक्षा पाठ्यक्रम, अन्तर्राष्ट्रिय माध्यमिक शिक्षा पाठ्यक्रमसम्बन्धी विस्तृत रुपमा बुझ्ने जानकारी पाएका थिए । ज्ञान हासिल गर्न तथा नेपालभरका अन्य समकक्षी शिक्षकहरुसँग सञ्जाल विस्तार गर्नको लागि यो कार्यशाला अत्यन्तै सहयोगि रहेको सहभागि शिक्षकहरुले बताए । यो कार्यशालामा थ्रीडी आई स्कुल नेपाल, अनम्याथ स्कुल र भाव– सोसियो इमोसनल लर्निङको पनि साथ रहेको थियो ।

२०२२ अक्टोबरमा हुन गइरहेको अन्तर्राष्ट्रिय पाठ्यक्रम सम्मेलनको प्रि–कन्फ्रेन्स इभेन्टको रुपमा आयोजना गरिएको यो कार्यक्रम सफलतापुर्वक सम्पन्न गरिएको आयोजकले जनाएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आहिले नयाँ प्राविधिक युगमा शिक्षाको अवधारणामा पनि परिवर्तन हुनु आवश्यक रहेको बताए । यस्ता तालिम कार्यक्रमले शिक्षकहरुलाई अझ सक्षम बनाउन मद्दत गर्ने उनको भनाइ थियो । बागमती प्रदेशमा ‘एक विद्यालय, एक पालिका शिक्षा साझेदारी कार्यक्रम’ गर्न उनले आह्वान समेत गरे ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया