Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘निजी क्षेत्रका श्रमिक कर्मचारीलाई निर्वाचनमा सहभागी बनाऊ’

‘निजी क्षेत्रका श्रमिक कर्मचारीलाई निर्वाचनमा सहभागी बनाऊ’


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रका उद्योग/प्रतिष्ठानहरूमा काम गर्ने श्रमिक तथा कर्मचारीहरूलाई पनि निर्वाचनमा सहभागी हुन आवश्यक व्यवस्था गर्न आफू मातहतका निकायलाई आग्रह गरेको छ ।

वैशाख ३० गते, शुक्रबारका दिन सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी नेपाल सरकारले उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गरी उक्त दिन सम्पूर्ण निजी क्षेत्रका उद्योग/प्रतिष्ठानहरूमा काम गर्ने श्रमिक/कर्मचारीहरूलाई पनि निर्वाचनमा सहभागी हुन आवश्यक व्यवस्था मिलाउने गरी सहयोग गर्न आग्रह गरेको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया