काठमाडौं । उमा (वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा नेपालले तीन स्वर्ण पदक जितेको छ । युकेको ओर्सेस्टरमा मे १५ तारिखमा भएको प्रतियोगितामा सञ्जयराज पुटुवारले दुई तथा भुपेन्द्र गुरुङले एक स्वर्ण जितेको प्रतियोगितामा जजको भूमिकासमेत निर्वाह गरेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिए ।
सञ्जयले छाङ छ्वान र वेपन गरी दुई स्पर्धामा नेपालको चुनौती प्रस्तुत गरेका थिए । उनले छाङ छ्वानमा ९.७ तथा वेपनमा ९.८ अंक जोड्दै शीर्ष स्थान हात पारे । सञ्जयले यसअघि अस्ट्रियामा भएको वल्र्ड च्याम्पियनसिप, बंगलादेशमा भएको एसियाली च्याम्पियनसिप तथा भारतमा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।
भुपेन्द्र गुरुङले चाइनिज फर्मस्को छाङ छ्वानमा ८.९ अंक हासिल गर्दै स्वर्ण चुमे । यसअघि भुपेन्द्रले जर्मनीमा भएको विश्व मार्सल आर्ट्स गेम्समा स्वर्ण जितेका थिए । प्रतियोगितामा विभिन्न ११ राष्ट्रका करिब पाँच सय ५० खेलाडीले सहभागिता जनाएको अध्यक्ष लामाले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया