Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालद्वारा सगरमाथाको सफल आरोहण

६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालद्वारा सगरमाथाको सफल आरोहण


काठमाडौं । वरिष्ठ अधिवक्ता विष्णु भुसालले सगरमाथाको सफल आरोहण गरेका छन् । ६२ वर्षीय भुसालले सोमबार बिहान (जेठ २) ७ः३० मा सगरमाथाको चुचुरोमा पुगेका हुन् । भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो अधिवक्ता हुन् ।

विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न अपिल गर्दै उनले सगरमाथा आरोहण गरेका हुन् । नेपाल बार एसोसिएसनको लोगो अंकित झण्डासहित उनी वैशाख २ मा सगरमाथा आरोहणमा गएका थिए । अमेरिकाबाट वातावरणीय तथा प्राकृतिक स्रोतसम्बन्धी कानुनमा स्नातकोत्तर भुसालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संस्थाहरूमा कानुनविद्को रुपमा कार्य गर्दै आएका छन् । अर्घाखाँची स्थायी घर भएका भुसाल हाल श्रीमती राधा, छोरी डाक्टर प्रीति र छोरा रोशनसहित राजधानीको बाँसबारीमा बस्दै आएका छन् । भुसालकी छोरी डाक्टर प्रीतिले पनि चार दिनअघि मात्र सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया