Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादव नर्भिकमा

वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादव नर्भिकमा


काठमाडौं । वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन् । लामो समयदेखि कार्यरत वयोधा अस्पताल छाडेर उनले नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन् ।

उनलाई नर्भिक अस्पतालले अर्थोपेडिक तथा स्पाइन सर्जरी डिपार्टमेन्टको प्रमुखमा नियुक्त गरेको छ । योसँगै वरिष्ठ अर्थाेपेडिक सर्जन डा. यादवको विशेषज्ञ सेवा अब नर्भिक अस्पतालमा समेत उपलब्ध हुनेछ । डा. यादव देशकै चर्चित अर्थोपेडिक सर्जनमध्येका एक हुन् । खेल चिकित्सा, ट्रमा, जोइन्ट रिप्लेसमेन्ट, बालरोग, मेरुदण्ड, काँध, कुहिनो, खुट्टा, हात, घुँडालगायतमा हुने समस्या तथा तिनको सर्जरीबाट गरिने उपचार विधिमा उनको विशेष दक्षता रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया