अनाथालयलाई आर्थिक सहयोग जुटाउन अभिनेता जोशीको साइकलयात्रा
काठमाडौं । अभिनेता, निर्माता विक्रम डी जोशीले दुई सय ४० माइल (करिब ३८७ किमी) लामो दूरी साइकलबाटै पूरा गर्ने भएका छन् । ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ तथा ‘हेल्लो जिन्दगी’ फिल्मका नायक जोशीले धुलिखेलमा हेल्प नेपाल नेटवर्कले सञ्चालन गरेको चिल्ड्रेन्स होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले छ जना नेपाली साथीहरूका साथ आगामी शुक्रबार अर्थात् २० ममा ‘लण्डन टु पेरिस च्यारिटी राइड’ गर्न लागेका हुन् ।
साइकल यात्रा टिममा जोशीसहित सुलभ पन्त, सुशील प्रसाईं, मनोज श्रेष्ठ, प्रसिद्ध प्रधान, सुनील कार्की र लक्ष्मण गुरुङ छन् । उनीहरूले शुक्रबार लण्डनको लण्डन ब्रिजबाट यात्रा सुरु गरेर लगातार तीन दिन साइकिलिङ गर्दै २२ मेमा पेरिसको इफेल टावर पुग्ने लक्ष्य लिएका छन् । ‘हामीहरूको म्यानुअल साइकल (पाइडल घुमाउँदै) मार्फत लण्डनबाट पेरिस पुग्ने प्लान छ’, अभिनेता जोशी भन्छन्, ‘साइकलमा यति लामो दूरी तय गर्ने प्रयास सायद पहिलोचोटी हुँदै छ ।’
उनले यो यात्राका लागि तीन साताअघिदेखि मात्रै तयारी गरेका हुन् । उनका साथीहरूले भने यो यात्राबारे चार वर्षअघिदेखि योजना बनाएका रहेछन् । ‘उहाँहरूले पहिलादेखि नै प्लान बनाएको भए पनि अहिले आएर बल्ल साकार हुन लागेको छ,’ अभिनेता जोशीले भने, ‘यात्राका लागि म करिब तीन सातायता दैनिक चार–पाँच घण्टा साइकल कुदाइरहेको छु ।’ लामो समयदेखि नियमित एक्सरसाइज गर्दै आइरहेकाले छोटो समयको तयारीले पनि आफूलाई पूर्ण सफलता दिने विश्वास उनको छ ।
साइकलयात्राका क्रममा लाग्ने सम्पूर्ण खर्च साइकलयात्रीहरू स्वयम्ले नै व्यहोर्ने टिमको निर्णय छ । लण्डनदेखि पेरिस यात्राको बीचमा पर्ने समुद्रमा भने उनीहरू पानीजहाजमा यात्रा गर्नेछन् । उलवीच अर्सेनल राइडर्स क्लब (डब्लूएआरसी) र नेपाल युथ एसोसिएसन यूकेको आयोजनामा हुने साइकलयात्राबाट आफूहरूले कम्तीमा पाँच हजार पाउन्ड (करिब पौने आठ लाख रूपैयाँ) संकलन गर्ने लक्ष्य लिएको उनले बताए ।
उनले यो अभियान सुरु भएदेखि विभिन्न देशबाट ९८ जनाले करिब तीन हजार पाउण्ड सहयोग गरिसकेको बताउँदै जो–कोहीले पनि जस्ट गिभिङ डटकम नामक अनलाइनमार्फत रकम सहयोग गर्नसक्ने जानकारी दिएका छन् । अनाथ बालबालिकाका लागि विश्वभरबाट साथ, सहयोग र हौसला दिन उनले सबैलाई अनुरोध समेत गरेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- बजार परिसुचक १८ सय ६२ बिन्दुमा
- पश्चिमा देशलाई देखाउन चीन–भारततिर व्यापार बलियो बनाउँदै पुटिन
- भारतको आसाममा बाढीपहिरोबाट करिब ५५ लाख प्रभावित, मृत्यु हुनेको संख्या १०१ पुग्यो
- अमेरिकाले चिनियाँ सामानमा लगाएको अतिरिक्त शुल्क हटाउनुपर्ने
- आईएमई जनरल र चिरायु नेसनल हस्पिटललबीच सम्झौता
- सनराइज बैंकले दुई अर्बबराबरको डिबेन्चर जारी गर्ने
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको त्रियुगामा
- सेञ्चुरी बैंकको नयाँ शाखा काठमाडौंको असनमा
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया