Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालविराट एक्स्पोमा घुइँचो

विराट एक्स्पोमा घुइँचो


विराटनगर, फागुन ५
उद्योग संगठन मोरङको आयोजनामा ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ विराटनगरमा ‘विराट एक्स्पो’ सञ्चालन भइरहेको छ । विराटनगरको शंकरपुरमा जारी मेला अवलोकन गर्नेको घुइँचो रहेको छ । एक्स्पो अवलोकन गर्नुका साथै त्यहाँ प्रदर्शनीमा राखिएका सामान बजारभन्दा सस्तो भएपछि किन्नेको अत्यधिक भीड बढेको आयोजकले बताएको छ । मेला अवलोकन गर्न आन्तरिकका साथै भारतको विहारबाट समेत आएका छन् ।

मेलामा करिब ४५ हजारभन्दा बढीले मेला अवलोकन गरेको प्रचारप्रसार संयोजक नन्दु राठीले जानकारी दिए । उनले भने, ‘हामीले अपेक्षा गरेभन्दा बढीले मेलाको अवलोकन गर्न आएका छन् । यही गतिले मेला अघि जाने हो भने हामीले सोचेको र भनेको अवलोकनकर्ता संख्या धेरै हुने देखिन्छ ।’ साथै करिब पाँच करोड बढीको कारोबार भएको आँकलन मेला आयोजकको छ । मेलामा आएका व्यक्तिले विगतभन्दा धेरै व्यवस्थित रहेको बताएका छन् । मेलामा कपडाका साथै भान्सामा प्रयोग हुने समान किन्नेको धेरै भीड रहेको छ । यसपटक आयोजकले मेलाको अर्को आकर्षण हेलिकोप्टरबाट विराटनगर बजारको दृश्यावलोकन गर्ने रहेको छ ।

होराइजन होलिडेले हेलिकोप्टरको व्यवस्थापन गरेको छ । उसले मेलाबाट पाथीभरा दर्शनको ५० हजार, हलेसी दर्शनको ४५ हजार र विराटनगर बजार दृश्यावलोनको ७ हजार ५ सय रुपैयाँमा सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ । नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला फागुन १० गतेसम्म सञ्चालन हुनेछ । मेलामा दैनिक उपभोग्य वस्तु, कृषिजन्य उत्पादन, लत्ताकपडा तथा मनोरञ्जनका सामग्री, खानाका स्टल प्रदर्शनीका लागि राखिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया