Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि


काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको अन्तिम स्पर्धा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको गोकर्ण गल्फ क्लबको ग्लेनइगल डिजाइनमा हुने भएको छ । प्रतियोगिता जेठ ९ देखि १२ गतेसम्म ७२ होल फर्म्याटमा खेलाइनेछ भने दोस्रो राउन्ड (३६ होल) पछि कट लाग्नेछ । टाईसहित शीर्ष २१ प्रोफेसनल र छ जना एमेच्योर अन्तिम ३६ होलहरूमा यात्रा गर्नेछन् ।

प्रतियोगितामा चालिस भन्दा बढी प्रोफेसनल खेलाडीहरूले १४ लाख ६१ हजारको पुरस्कारको लागि आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन् । यस सिजनको ग्राण्ड फिनालेको विजेताले दुई लाख ५० हजार, उपविजेताले एक लाख ५५ हजार, तेस्रो हुनेले एक लाख १० हजार, चौथो हुनेले ९५ हजार र पाँचौँ हुनेले ८७ हजार रुपैयाँ पाउनेछन् । शीर्ष २१ भित्र पर्ने अन्यले पनि नगद पुरस्कार पाउनेछन् ।प्रतियोगितामा १२ जना एमेच्योरहरूले प्रोफेसनलहरूसँग खल्ने छन् । पहिले पनि पुरस्कार राशि जितेका नेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, शुक्रबहादुर राई र १३औँ दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्णपदक विजेता सुवास तामाङ प्रतियोगिताका प्रबल दावेदार हुन् । सद्भाव आचार्य, टाशी छिरिङ, वाङ्चेन धोन्डुप भने एमेच्योर ट्रफीका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो–अम आइतबारको लागि तय गरिएको छ । २० प्रोफेसनल गल्फर र ७५ एमेच्योरहरू एक रोमाञ्चक फर्म्याटमा टि–अफ गर्नेछन् जसले कर्पोरेट एमेच्योर गोल्फरहरूलाई अत्यावश्यक एक्सपोजर दिनेछ । एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले यो सिजनको अन्तिम इभेन्टले स्थानीय प्रतियोगितामा अहिलेसम्मकै ठूलो पुरस्कार राशि बोकेको बताए । प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सहभागी हुने खेलाडीहरूले उत्साहपूर्वक मिहिनेत गर्दै आएको उनको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया