Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘डाउन सिन्ड्रोम तथा अटिज्म भएका बालबालिकाहरुका लागि छुट्टै विद्यालय’

‘डाउन सिन्ड्रोम तथा अटिज्म भएका बालबालिकाहरुका लागि छुट्टै विद्यालय’


काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरुका लागि छुट्टै विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने भएको छ । स्कुल फर स्पेसल नाउँ दिईएको यो परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गरिने बताइएको छ ।

डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र बृद्धिका लागि विशेष सहयोग समेत गरिने राउण्ड टेबलले जनाएको छ । आगामी असार ४ गते शनिबार द मल्ल होटलमा एक विशेष कार्निभल आयोजना समेत गरिने भएको हो । ‘जुन बियर कार्निभल’को नाउँमा आयोजना हुने यो कार्यक्रम वियर फेष्टिभल र पारिवारिक कार्निभलको संयुक्त रुप हुनेछ । यस कार्निभलको आयोजनाको लागि निःशुल्क रुपमा होटल उपलब्ध गराएर दि होटल मल्ल स्कुल फर स्पेसल परियोजनामा सहकार्यको हात बढाएको हो ।

मल्ल होटलकी एसोसिएट डाइरेक्टर अनुष्का मल्लले राउण्ड टेबल नेपालको यस कार्यक्रमको सफलताका लागि सबैखाले सहयोग गर्ने प्रतिबद्धता जनाइन् । डाउन सिन्ड्रोम तथा अटिज्मप्रति जनचेतना अभिवृद्धि गर्दै यस्ता फरक क्षमता भएका बालबालिकाहरुको शिक्षा तथा वैयक्तिक विकासमा सहयोगी बन्ने अभिप्रायका साथ राउण्ड टेबलले युवालक्षित कार्यक्रमको आयोजना गर्ने भएको हो ।

यस कार्यक्रमबाट भएको आम्दानीको शतप्रतिशत रकम डाउन सिन्ड्रोम तथा अटिज्म भएका बालबालिकाको शिक्षामा खर्च गरिने आयोजक संस्थाका अध्यक्ष शरद केडियाले बताए । केडियाले आगामी दिनमा थप कार्यक्रमहरु गरिने समेत बताए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया