Techie IT
×
गृहपृष्ठनेपालअझै पाँच पालिकाको नतिजा आउन बाँकी

अझै पाँच पालिकाको नतिजा आउन बाँकी


काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै पाँच पालिकाको अन्तिम नतिजा सार्वजनिक हुनसकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र लुम्बिनी प्रदेशको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना भइरहेको छ ।

बाजुराको बूढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुनसकेको छैन । निर्वाचन आयोगको सूचना प्रणालीमा बुधबार राति ८ बजेसम्ममा प्रविष्ट भएको विवरणअनुसार सात सय ५३ मध्ये सात सय ४८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया