Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवैदेशिक रोजगारीमा जानेलाई बीमा फर्किनेलाई अनुदान

वैदेशिक रोजगारीमा जानेलाई बीमा फर्किनेलाई अनुदान


जनकपुरधाम, फागुन ६
प्रदेश २ को सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरुको बीमा गरिदिने तथा फर्केकालाई साना उद्योगका लागि अनुदान दिने भएको छ । प्रदेश नं. २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले वैदेशिक रोजगारीबाट स्वदेश फर्केकाहरुलाई साना उद्योग सञ्चालन गर्न खोजेमा प्रदेश सरकारले २५ प्रतिशत र ५० प्रतिशत बैंकबाट ऋण उपलब्ध गराउने जानकारी दिए । उक्त ऋणका लागि प्रदेश सरकार ग्यारेन्टी बस्ने उनको भनाइ छ । सामाजिक न्यायका लागि कानुन तथा नीति नियम मञ्च(लापसोज)ले जनकपुरमा आयोजना गरेको वैदेशिक रोजगार नीतिसम्बन्धी छलफल तथा परामर्श कार्यक्रममा उनले वैदेशिक रोजगार पीडितको संख्या बढी रहेको बताए ।

वैदेशिक रोजगारीसम्बन्धी प्रदेश सरकारले विधेयक तयार पारेको बताउँदै उनले केही दिनमै त्यो पारित हुने बताए । उनले वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न विदेश जानेको जीवन बीमा प्रदेश सरकारले गराउने बताए । प्रदेश सरकारले वैदेशिक रोजगारीलाई महत्व दिएको बताउँदै उनले आयोजकलाई नीति आयोगको कार्यालयमा आएर वैदेशिक रोजगारीको नीति मस्यौदा छलफलको लागि सहकार्य गर्न आग्रह गरे । लापसोजका कार्यकारी निर्देशक प्रेमचन्द्र राईको अध्यक्षतामा भएको परामर्श कार्यक्रममा वैदेशिक रोजगारीका पीडितहरुले समेत आफ्ना समस्या राखेकाले उनीहरुको समस्या समाधानका लागि संस्थाले पहल गर्ने लापसोजका दुई नं. प्रदेश संयोजक पवन कुमार कर्णले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया