‘राजभण्डारीको निधनले महासंघले अभिभावक गुमायो’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वमहासचिव माधवमणि राजभण्डारीको निधनले महासंघले आफ्नो अग्रज अभिभावक गुमाउन पुगेको जनाएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा स्वर्गीय राजभण्डारीको सम्झनामा महासंघले आइतबार भर्चुअल माध्यमबाट शोकसभा समेत आयोजना गरेको थियो ।
राजभण्डारीको जेठ १२ गते बिहीबार उपचारको क्रममा ह्याम्स अस्पतालमा भएको थियो । ७५ वर्षअगाडि दोलखामा जन्मिएका उनी पछिल्लोपटक मिर्गौलालगायतका रोगको ह्याम्स अस्पतालमा उपचाररत थिए । महासंघका अनुसार राजभण्डारी विक्रम सम्वत् २०३२–३४ मा कार्यकारिणी समिति सदस्य र २०३५–४१ को कार्यकालमा महासचिव पदमा निर्वाचित भएका थिए । आफ्नो कार्यकालमा महासंघको संस्थागत विकासमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको महासंघले जनाएको छ । ‘तत्कालीन अवस्थामा त्यति उद्योग व्यवसाय फस्टाएको थिएन तैपनि उद्योग व्यवसायको विकासमा के गर्न सकिन्छ भनेर त्यसवेलाको टिममा स्वर्गीय राजभण्डारी सधै सक्रिय भएर लाग्नुभएको कुरा सुन्न पाइन्छ’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघको सचिवालयको सुदृढीकरणमा पनि उहाँले आफनो कार्यकालमा निकै मिहिनेत गर्नुभएका कुरा महासंघका त्यसका बेलाका दस्तावेजहरुमा उल्लेख गरिएको पाइन्छ ।’ समकालीन अन्तर्राष्ट्रिय व्यावसायिक संघ संस्थाहरुसंग महासंघको संस्थागत सहकार्यको थालनी गर्नमा उनको ठूलो योगदान रहेको महासंघले जनाएको छ ।
तत्काल निर्णय गर्नसक्ने क्षमताका साथै निजी क्षेत्रमा स्पष्टवक्ताको रुपमा परिचित स्वर्गीय राजभण्डारी महासंघको प्रतिनिधित्व गरी विभिन्न देशहरुमा भएका व्यापारिक भ्रमणमा नेपालको आर्थिक औद्योगिक, व्यावसायिक, श्रम, व्यापारका विषयहरुमा सशक्त एवं बलियो आवाज राख्ने व्यक्तित्वको रुपमा परिचित रहेको महासंघले जनाएको छ । देशको अर्थतन्त्र बलियो भए मात्र विकास सम्भव छ भन्ने मान्यता राख्ने पूर्वमहासचिव स्वर्गीय राजभण्डारीले आफ्नो कार्यकालमा निर्वाह गरेको महत्वपूर्ण भूमिका, योगदानका साथै देशको उद्योग व्यवसाय विस्तारमा निभाएको भूमिकालाई सम्पूर्ण निजी क्षेत्रले निरन्तर स्मरण गरिरहने महासंघको भनाई छ ।
विभिन्न सामाजिक एवं शैक्षिक संघ/संस्था, गुठी, शैक्षिक प्रतिष्ठानमा रहेर स्वर्गीय राजभण्डारीले उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्य, सामाजिक, सामुदायिक, पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् । राजनीतिमा पनि उनी निकै सक्रिय थिए । दोलखामा शैक्षिक र धार्मिक संघ/संस्थामार्फत उनले निकै धेरै परोपकारी कामहरु गरेका थिए ।
स्वर्गीय राजभण्डारीका श्रीमती, तीन छोरी र एक छोरा छन् । पूर्वमहासचिव स्वर्गीय राजभण्डारीको निधनबाट निजी क्षेत्रलाई अपूरणीय क्षति पुग्न गएको र महासंघले आफ्ना अग्रज गुमाएको महासंघले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
- इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन
- अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..
- क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
- अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
- तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति
- ‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा
- महालक्ष्मी विकास बैंकको नाफामा उछाल
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया