Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएसआईयूकेले ‘दि लार्जेस्ट यूके एजुकेसन फेयर २०२२’ गर्दै

एसआईयूकेले ‘दि लार्जेस्ट यूके एजुकेसन फेयर २०२२’ गर्दै


काठमाडौं । एसआईयूकेले आगमी शनिबार ’दि लार्जेस्ट यूके एजुकेसन फेयर २०२२’ को आयोजना गर्ने भएको छ । एसआईयूके नेपालको आयोजनामा उक्त कार्यक्रम हुनलागेको आइतबार आफनो काठमाडौं, पुतलीसडकस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिमाझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले एसआईयूके नेपालले आफ्नो स्थापनाकालदेखि नै बेला–बेलामा यस्तो किसिमको शैक्षिक मेलाको आयोजना गर्दै आएको संस्थाका सञ्चालक विनय अधिकारीले बताए । मेलामार्फत विद्यार्थी र अभिभावकले यूकेका ३० भन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, कोर्स, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने एसआईयूके नेपालका कन्ट्री म्यानेजर अस्गर हुसेनले बताए ।

त्यस्तै, फेयरमा उपस्थित हुने विद्यार्थी जसले फेयरमै विदेश अध्ययनको प्रक्रिया सुरु गर्छ, उनीहरूलाई निःशुल्क आईईएलटीएस, निःशुल्क प्रोसेसिङ र गिफ्ट ह्याम्पर प्रदान गरिने संस्थाका सिनियर कन्सल्टेन्ट सुवास अधिकारीले बताए । वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण विद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षका बारेमा प्रतिनिधिहरूसँग जानकारी लिई मौकाको फाइदा उठाउन एसआईयूके नेपालकी बान्च म्यानेजर सुस्मित शिवाकोटीको भनाइ छ ।

’हाम्रो आईईएलटीएस पीटीई निकै उत्कृष्ट छ, हामीले हाई टेक इन्भाइरोमेन्टमा पटक–पटक मुग टेक्स्ट गराई विद्यार्थीका प्रतिस्पर्धी बढाउँछौँ’, एसआईयूके नेपालकी आईईएलटीएस पीटीई, इन्स्ट्रक्टर रुबा इमानले भनिन् ।

‘फेयर निकै नै प्रभावकारी हुने र प्लस टु सकेका विद्यार्थीहरूलाई लक्षित गर्दै हामीले मार्केटिङ स्ट्र्याटेजी अपनाएका छौँ, यसै पत्रकार सम्मेलनमार्फत म सम्पूर्ण विद्यार्थी र अभिभावकलाई होटल एभरेस्टमा हुन गइरहेको द लार्जेस्ट यूके एजुकेसन फेयरमा आउन आह्वान गर्छु’, मार्केटिङ म्यानेजर संगीता ओलीले भनिन् ।

फेयरमा तीन हजार ७५ जनाले एसआईयूकेको वेबसाइटमार्फत रजिस्ट्रेसन गरिसकेको बताउँदै हजारौँ विद्यार्थीहरूले सहभागिता जनाउने आयोजकले बताएका छन् । डेढ दशक बेलायतमा बिताएका विनय अधिकारीले शैक्षिक मेलामार्फत विद्यार्थी र अभिभावकहरूलाई बेलायती शैक्षिक प्रणाली, अवसर र नेपाली समुदायको विकासबारे समेत जानकारी गराउनेछन् । विनय अधिकारी विश्वभरि रहेका गोरखा जिल्लाको तर्फबाट ग्लोबल गोरखा समाजको अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय उपमहासचिव समेत हुन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया