Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपीईए एसोसिएसनको इन्जिनियरिङ प्रवेश परीक्षाका लागि ‘मेन्टर्स डिजिटल प्लेटफर्म’

पीईए एसोसिएसनको इन्जिनियरिङ प्रवेश परीक्षाका लागि ‘मेन्टर्स डिजिटल प्लेटफर्म’


काठमाडौं । इन्जिनियरिङ प्रवेश परीक्षाको गुणस्तरीय तयारी गराउने पीईए एसोसिएसन प्रालिले विद्यार्थीहरुको सिकाइमा सहजता र प्रभावकारिता ल्याउन यस वर्षदेखि ‘पीईए मेन्टर्स डिजिटल प्लेटफर्म’मार्फत इन्जिनियरिङ प्रवेश परीक्षाको पूर्णतयारी कोर्स उपलब्ध गराउने भएको छ ।

सोही विषयमा जानकारी गराउन पीईए एसोसिएसनले यसै साता मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा पीईएका प्रतिनिधित्व गर्दै संस्थापक एवं सीईओ लक्ष्मण पोखरेल र प्रिन्सिपल कुमार गिरी त्यसैगरी प्रमुख अतिथिको रूपमा हिसानका अध्यक्ष रमेश कुमार सिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुंगाना, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर, नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी तथा एन प्याब्सनका सह–अध्यक्ष सुभाष न्यौपानेको उपस्थिति थियो ।

प्रेस विज्ञप्तिमा उल्लेख कुरालाई पत्रकारमाझ पढेर सुनाउँदै संस्थापक एवं सीईओ लक्ष्मण पोखरेलले डिजिटल प्लेटफर्म र छात्रवृत्ति योजनाबारे जानकरी गराएका थिए भने यस कोर्षले दूरदराजमा रहने, विविध कारणले राजधानी आउन नसक्ने र काठमाडौंमै रहेर पनि विभिन्न भौतिक तथा अनलाइन कोर्षमा आबद्ध हुने विद्यार्थीहरुलाई समेत अध्ययन तथा परीक्षा तयारीमा सहजता हुनेछ भन्ने आशा व्यक्त गरे ।

कार्यक्रम बोल्दै एन प्याब्सनका सहअध्यक्ष सुबास न्यौपानेले विद्यार्थीको हितका लागि प्रदान गरिने यस प्रकारको छात्रवृत्तिको घोषणाले सोही किसिमका अन्य संस्थाहरुलाई पनि छात्रवृत्ति योजनाका लागि प्रोत्साहन गर्नेछ भन्ने आफ्नो आशा रहेको बताए ।

त्यस्तै, प्याब्सनका अध्यक्ष डीके ढुंगानाले पीईएले प्रधान गर्ने भनेको १००१ छात्रवृत्ति योजना निकैने सह्राहनीय रहेको र यसबाट न्यून आय भएका परिवारमा पनि इन्जिनियरिङ विषय अध्ययनमा पहुँच पुग्ने बताए । विद्यार्थीहरुको लागि यो निकै महत्वपूर्ण रहेका उनको भनाइ छ ।

नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले वर्षेनी धेरै संघ÷संस्थाहरुले छात्रवृत्ति योजना घोषणा गर्ने तर कार्यान्वयन पक्षमा पुग्दा नातावाद, कृपावाद हावी हुँदै जाने र राजनीतीकरणको शिकार हुने भएकाले सम्बन्धित सबैलाई निष्पक्ष भएर काम गर्न ध्यान आकर्षण गराए । मन्तव्यकै क्रममा शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले पीईएको १००१ छात्रवृत्ति घोषणाका लागि धन्यवाद दिँदै खुसी व्यक्त गरिन् ।

त्यस्तै हिसानका अध्यक्ष रमेश कुमार सिलवालले पीईएले घोषणा गरेको ‘पीईए मेन्टर्स डिजिटल प्लेटफर्म’अन्तर्गतको १००१ छात्रवृत्ति योजना आगामी दिनमा योभन्दा अझै बृहत् एवं फराकिलो बन्दै जाने र बढीभन्दा बढी न्यून आय भएका परिवारका सक्षम विद्यार्थीले यसबाट लाभ लिन सक्ने बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया