Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबरुवालको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम

बरुवालको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम


काठमाडौं ।  पुष्प बरुवाल स्मृति फाउन्डेसनले स्वर्गीय पुष्प बरुवालको सम्झनामा एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । २०२७ साल भदौ १८ गते जन्मिएका स्व. बरुवालको कोभिड १९ को दोस्रो लहरको संक्रमणबाट २०७७ जेठ २४ गते अमेरिकामा स्वर्गारोहण भएको थियो ।

प्रमुख अतिथि केपी शर्मा ओलीको उपस्थितिमा बरुवाल परिवारका सदस्यहरू, साथीसङ्गी र शुभचिन्तकहरूको बाक्लो उपस्थिति थियो । एक वर्ष पुगेको उक्त श्रद्धाञ्जली कार्यक्रममा स्वर्गीय पुष्प बरुवालको शैक्षिक, राजनीतिक, सामाजिक र पर्यटन व्यवसायहरूको संस्थागत विकास र उन्नतिमा पु-याएको योगदानको स्मरण गरिएको थियो ।

उनको सम्झनामा प्रकाशन गरिएको स्मारिकाको विमोचन कार्यक्रमका प्रमुख अतिथि केपी शर्मा ओलीले गरेका थिए । कार्यक्रममा ओलीले कोभिड १९ को महामारीको समयमा धेरै विकशित भनिएका देशहरूमा पनि अस्तव्यस्त भएको समयमा नेपालले सकेसम्म त्यसको व्यवस्थापन गरेको प्रसङ्गलाई उठाएका थिए । उक्त समारोहमा स्वर्गीय पुष्प बरुवालले छोटो समयमा धेरै क्षेत्रमा अग्रसर भई देश र समाजलाई योगदान दिएकोमा प्रशंसा गर्दै स्वर्गारोहणले परिवारमा परेको दुःखद अवस्थालाई धैर्य रहन आग्रह गरे ।

स्वर्गीय पुष्प बरुबालको सम्झनामा उनले अध्ययन र अध्यापन गरेका शैक्षिक संस्थाहरूमा छात्रवृत्तिको व्यवस्था गरिएको र सम्झनास्वरूप गौरीगञ्ज २ झापामा सालिक र धर्मशालाको स्थापना गरिएको जानकारी गराइएको थियो ।

स्वर्गीय बरुवालकी श्रीमती खेमकुमारी बरुवाल र दुई छोराहरू छन् । पारिवारिक भेटघाटको सिलसिलामा अमेरिका गएको समयमा उनको स्वर्गारोहण भएको थियो । उक्त कार्यक्रमको सभापतित्व बरुवालका साइँला भाइ गणेश बरुवालले गरेका थिए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया