Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपालमा पहिलो पटक विद्यालयस्तरमा सौन्दर्यकलाको पठनपाठन

नेपालमा पहिलो पटक विद्यालयस्तरमा सौन्दर्यकलाको पठनपाठन


काठमाडौं । नेपालमै पहिलो पटक विद्यालयस्तरमा सौन्दर्यकलाको पठनपाठन सुरु हुने भएको छ । डिल्लीबजारस्थित पद्मकन्या विद्याआश्रम माध्यमिक विद्यालयले कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रममा सौन्दर्यकला विषयको पठनपाठन सुरु गर्ने भएको हो ।

पाठ्यक्रम विकास केन्द्र, सौन्दर्य कला व्यवसायी संघ र पद्मकन्या विद्यालयले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक रिता तिवारीले विद्यालय शिक्षा समाप्त भएपश्चात छात्राहरु आत्मनिर्भर र स्वाबलम्बी बन्न सकून् भन्ने उद्देश्यले सम्बन्धित निकायबाट अनुमति लिई सो विषयको पठनपाठन सुरु गरिएको बताइन् । कार्यक्रममा सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले आफूले सौन्दर्यकलालाई पाठयक्रममा समावेश गराउन निकै संघर्ष गरेको र अन्त्यत सफल भएको बताइन् ।

यस क्षेत्रमा दशकौँ बिताएकी श्रेष्ठले सौन्दर्य कलामा प्रवेश गरेको सुरुवाती दिनहरुमा आफू समाज र आफन्तबाटै अपहेलित हुनुपरकाले आगामी दिनमा कुनै महिला र छात्रालाई आत्मनिर्भरताको बाटो रोज्दा समस्या नआओस् भन्ने हेतुले आफू यसलाई स्थापित गरेरै छोड्ने अठोटमा अघि बढेको उल्लेख गरिन् । अनुहारको सजावट मात्रै सौन्दर्य नभएको प्रष्ट पार्दै उनले सौन्दर्य ज्ञान र शास्त्र समेत रहेको बताइन् । सौन्दर्य अनुहार सजावटदेखि लिएर स्वस्थ शरीर र व्यायामसँग पनि जोडिएको विषय रहेको उनको भनाइ थियो ।

छलफलमा उपस्थित पाठ्यक्रम विकास केन्द्रका शाखा अधिकृत खिलानाथ धमलाले संघ र विद्यालयको यो प्रयास निकै फलदायी रहेको बताए । उनले यस विषयसम्बन्धी बनाइने थप योजना र कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रको पूर्ण सहयोग रहने बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया