Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारको पदक

मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारको पदक


काठमाडौं । चितवन कोइ ग्रुपद्वारा सञ्चालित मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अस्ट्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्राप्त गर्ने भएका छन् । श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ जेठ ३१ गते बसेको बैठकले निर्देशक श्रेष्ठलाई ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक ग्रहण गर्न स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रेष्ठलाई यो पुरस्कार ग्रहणका निमित्त अनुमति दिइएको बिहीबार आयोजित कार्यक्रममा जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया