Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालराष्ट्रिय खेलकुल परिषद्का उपाध्यक्षको सहभागितामा दीक्षान्त समारोह

राष्ट्रिय खेलकुल परिषद्का उपाध्यक्षको सहभागितामा दीक्षान्त समारोह


काठमाडौं । मित्र युवा क्योकुशिन कराँते डो–बज्र र सो–क्योकुसिनको संयुक्त आयोजनामा दीक्षान्त समारोह काठमाडौँमा सम्पन्न भएको छ । शनिबार जुद्धोदय माध्यमिक विद्यालयको प्रांगणमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यतामा कराते खेलाडीलाई दीक्षित गरिएको हो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं १७ का वडाध्यक्ष नविन मानन्धर, ललितपुर महानगरपालिका वडा नं २१ का वडा अध्यक्ष एवं क्योकुशिनका पूर्वराष्ट्रिय खेलाडी रबिन्द्र महर्जन, बक्सिङ्ग सल्लाहाकार इन्द्रलाल सिंह, (राखेप) बक्सिङका वरिष्ठ प्रशिक्षक एवं १०औँ एसियाडका काष्य पदक विजेता दिपक महर्जन, विद्यालयका प्रधानाध्यापक लक्ष्मण पौडेललगायतको उपस्थिति थियो । उक्त कार्यक्रममा १५ जना विद्यार्थी खेलाडीहरुलाई बेल्ट र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया