वैदेशिक रोजगारीका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने
काठमाडौं । गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने विषयमा छलफल भएको छ । विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्न गृहकार्य सुरु भइसकेको जानकारी दिँदै कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एनआरएनएसँगको सहकार्यमा कोषले छिट्टै कार्यविधि बनाएर लागू गर्ने बताए । उनले वैदेशिक रोजगारीमा जानेलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा योजनामा समेट्न श्रम स्वीकृति दिने बेलामा नै समेट्न सकिने बताए ।
संघको सचिवालयमा बुधबार भएको छलफल कार्यक्रममा कोषका निर्देशक कृष्ण अधिकारीले विदेशमा रहेका नेपालीलाई कोषमा समेट्न कोषले ’प्यासन’को रूपमा लिएर अगाडि बढेकाले एनआरएनएले साथ दिएमा चाँडै लागू हुने बताए । कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण आचार्यले कानुनी अड्चनलाई हटाएर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्न आग्रह गरे ।
वैदेशिक रोजगार तथा कल्याणकारी विभागका सभापति एवं संघका उपाध्यक्ष डीबी क्षेत्रीले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई अनिवार्यरुपमा सामाजिक सुरक्षा योजनामा समेट्नका लागि श्रम स्वीकृति दिँदा र श्रम सम्झौता गर्दा अनिवार्य सामाजिक सुरक्षा कोषमा जोड्ने शर्त राख्नुपर्ने बताए । उपाध्यक्ष क्षेत्रीले वैदेशिक रोजगारीमा रहेका नेपालीको भावनात्मक सम्बन्ध जोडिएको सामाजिक सुरक्षा योजनाको अभियान सुरुवातदेखि अहिलेसम्मको अवस्थामा आउनु सकारात्मक रहेको धारणा राखे । सरकारले आर्थिक वर्षको बजेटमा नै विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्ने गरी कार्यक्रम ल्याउनु सकारात्मक भएको सहभागीले औँल्याएका छन् ।
एनआरएनएले आफ्नो १०औँ विश्व सम्मेलन तथा असार २ गते सेमिनार आयोजना गरेर वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सरोकारवालाबीच छलफल चलाएको थियो । संघका अध्यक्ष बद्री केसीले सामाजिक सुरक्षासम्बन्धी संघको धारणा प्रस्तुत गर्दै यसको सफल कार्यान्वयनका लागि कार्यविधि तयार पारेर गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच समझदारीपत्रमा हस्ताक्षर गरेर अगाडि बढ्नुपर्ने बताए ।
एनआरएनए कार्यकारी अध्यक्ष कुल आचार्यले चाँडै संघ र कोषबीच सामाजिक सुरक्षामा समेट्न दुईपक्षीय समझदारी गरिने जानकारी दिए । समझादारीपत्र तयारका लागि संघका तर्फबाट उपाध्यक्ष डीबी क्षेत्री र कोषका तर्फबाट निर्देशक कृष्ण अधिकारीलाई जिम्मेवारी तोकिएको छ । छलफलमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशकद्वय कृष्ण अधिकारी र रोहित रेग्मीको सहभागिता रहेको थियो । एनआरएनए सचिवालय हलमा आयोजना गरिएको छलफलमा भौतिक एवं जुममार्फत एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाएका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
- थप ४३ क्यानेडियाली रुसको कालोसूचीमा
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया