Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपाल स्टार्टअप फेस्ट शनिबार हुने

नेपाल स्टार्टअप फेस्ट शनिबार हुने


काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले शनिबार नेपाल स्टार्टअप फेस्ट आयोजना गर्ने भएको छ । राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा मञ्चले स्टार्टअप फेस्टको आयोजना गर्न लागेको हो ।

नेपालमा स्टार्टअपलाई अभियानका रूपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रूपमा स्थापित गराउन नवप्रवर्तनकारीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको मञ्चले जनाएको छ । स्टार्टअपलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गर्दै आएको र त्यसको सफल कार्यान्वयनका लागि हामीले रचनात्मक भूमिका निर्वाह गर्दै आइरहेको मञ्चले जनाएको छ । स्टार्टअप फेस्टमा स्टार्टअप्सले लगानी लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन् ।

स्टार्टअपहरूलाई लगानीका लागि आवेदन पेस गर्न २७ जेठसम्मको समयावधि तोकिएकोमा देशभरबाट तीन सयभन्दा बढी परियोजना प्रस्ताव आएको थियो । त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० वटा प्रस्तावलाई प्रस्तुति गर्ने अवसर दिइनेछ भने पुँजी लगानीको अवसर पनि प्रदान गरिने नेपाल उद्योग परिसंघ स्टार्टअप अभियान समिति आयुषी केसीले बताए । यो कार्यक्रबाट स्टार्टअपहरूलाई पुँजी तथा प्राविधिक सहयोग प्रदान गरिनेछ भने लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानी गर्ने अवसर दिइएको छ ।

युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न परिसंघले युवा उद्यमी मञ्चमार्फत युवाहरूलाई थप प्रोत्साहन गर्न यो कार्यक्रम गर्न लागेको परिसंघका उपाध्यक्ष रोहित गुप्ताले बताए । यस्ता कार्यक्रमले स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवाहरूलाई उत्साहित बनाउने परिसंघको विश्वास छ । स्टार्टअप फेस्टमार्फत करिब ५० करोड रूपैयाँबराबरको लगानी प्रतिबद्धता गरिनेछ ।

टिम भेन्चर, ग्लोबल ईक्वीटी फन्ड, अध्यान्त फन्ड मेनेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पाटर्नर प्रालिले पुँजी लगानीको प्रतिबद्धता गरिसकेका छन् । स्वदेशी एवं विदेशी विज्ञहरूबाट स्टार्टअपको विषयमा प्रस्तुति हुने एकदिने कार्यक्रममा कि नोट स्पिकर, प्यानल डिस्कसन, रोबोटिक फुटबल, रोबवार, लाइभ म्युजिकल कन्सर्ट हुनेछन् भने ४० बढी स्टार्ट अप्सले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्ने मञ्चका मनिस श्रेष्ठले बताए । मञ्चका निवर्तमान अध्यक्ष चाङ अग्रवालले स्टार्टअपहरूलाई लगानीको लागि आवेदन माग गर्दा तीन सय बढीको आवेदन परेको जानकारी गराए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया