Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालतेस्रो नेपाल एस्पोर्टस च्याम्पियनसिप २३ गतेदेखि

तेस्रो नेपाल एस्पोर्टस च्याम्पियनसिप २३ गतेदेखि


काठमाडौं । नेपाल एस्पोर्ट्स संघको आयोजनमा तेस्रो नेपाल एस्पोर्टस च्याम्पियनसिप यही असार २३ देखि २५ गतेसम्म हुने भएको छ । पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले तेस्रो संस्करण आयोजना गर्नलागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । छोटो समयमा नै विश्वका युवाहरुमाझ लोकप्रिय खेल एस्पोर्टस नेपालमा पनि पछिल्लो समय युवाहरुमाझ निकै रुचाइएको खेल पर्दछ ।

थापाथलीस्थित एपी १ को स्टुडियोमा आयोजना हुने च्याम्पियनसिपमा डोटा २, सीएस गो, एमएलबीबी, टेकेन ७ र पब्जी गरी पाँच विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । आयोजक संघका अध्यक्ष सुरज डङ्गोलले च्याम्पियनसिपका प्रतियोगिताहरु सञ्चालन भइसकेको र असार २३ देखि खेलहरु आयोजना हुने जानकारी दिए । जसमा डोटा २ मा ८ टिमका ४३ खेलाडीहरुले सहभागिता जनाएकोमा बेडोज र टेन्जिकु ग्याङ्ग, सीएस गोमा २ टिम लेजन र ख्याकका ११ खेलाडीहरु, एमएलबीबीमा १७ स्क्वाडका १०५ खेलाडीहरुले सहभागिता जनाएकोमा पिङ्गपङ्ग र एभेन्जर्स, टेकेन ७ मा तीन खेलाडीहरु रहेकोमा ब्रोरोच र दुर्गेसिंह १७ र पब्जीमा ५७ स्क्वाडमा दुई सय ८४ खेलाडीहरुबीच प्रतिस्पर्धा भइरहेको र १६ स्क्वाडका बीच बिहीबारसम्म सेमिफाइनलका प्रतिस्पर्धा हुने अध्यक्ष डङ्गोलले बताए । च्याम्पियनसिप इन्डोनेसियाको बालीमा आयोजना हुने १४औँ विश्व एस्पोर्टस च्याम्पियनसिप २०२२ को छनोट प्रतियोगिता समेत रहेको छ । विजयी खेलाडी तथा टिमले दक्षिण एसियाली क्षेत्रीय च्याम्पियनसिपमा छनोट भएपश्चात् विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने आयोजकले जनाएका छन् ।

च्याम्पियनसिपलाई विभिन्न संघ/संस्थाले साथ दिएका छन् । जसमध्ये इभेन्ट्स म्यानेजमेन्टको जिम्मेवारी माइस प्रालिले लिएको छ । यस्तै एपि १ ले स्थान उपलब्ध गराएको छ भने प्राइम कलेजले पनि च्यामिपयनसिपलाई साथ दिएको छ । प्राइमले विजयी पाँच खेलाडीहरुलाई स्नातक तहको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

कार्यक्रममा प्राइम कलेजका प्रिन्सिपल एनपी शर्माले पढाइ मात्र नभई खेलकुद गतिविधिमा समेत कलेको लगानी रहेको भन्दै पाँच खेलाडीहरुलाई स्नातक तहको छात्रवृत्ति प्रदान गर्ने समेत बताए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया