Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभीमेश्वरको शिलामा पसिना, भक्तजनको भीड

भीमेश्वरको शिलामा पसिना, भक्तजनको भीड


दोलखा, फागुन ९
नेपालकै चर्चित पुरानो ऐतिहासिक दोलखाको भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमेश्वरको शिलामा पसिना आएपछि भक्तजनको भीड बढेको छ । बिहीबार बिहान ५ः४५ बजेदेखि ६ः३० बजेसम्म भीमेश्वरको शिलामा पसिना आएको भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए ।

समितिका अनुसार यसअघि पनि विभिन्न समयमा शिलामा पसिना आउने गरेको थियो । अहिले १७औं पटक पसिना आएको हो । भीमेश्वरलाई ‘पसिना’ आउँदा देशमा अत्यन्त अनिष्ट वा शुभ हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको मन्दिर व्यवस्थापन समितिको भनाइ छ । पसिना आएपछि राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले भीमेश्वर मन्दिरमा क्षमापूजा पठाउने चलन रहेको भीमेश्वर नगरपालिका २ का वडाध्यक्ष विराज श्रेष्ठले बताए ।

यसअघि २०७४ सालमा भीमेश्वरलाई ‘पसिना’ आएको थियो । शिलाको टुप्पामा पानीको थोपा देखिँदै बग्नुलाई भीमेश्वलाई पसिना आएको भन्ने मानिन्छ । उक्त ऐतिहासिक मन्दिरको शिलामा ‘पसिना’ आएपछि अनिष्ट टार्न राष्ट्रप्रमुखले क्षमा पूजा गर्ने मान्यताअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा सामग्री पठाएकी थिइन् । १९९० सालपछि हालसम्म १७ पटक भिमेश्वर मन्दिरको शिलामा पसिना आएको अभिलेख भीमेश्वर मन्दिर व्यवस्थापन समितिसँग रहेको पूजारीहरू बताउँछन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया