Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएकीकृत नमूना बस्तीको शिलान्यास

एकीकृत नमूना बस्तीको शिलान्यास


दोलखा, फागुन ९
भीमेश्वर नगरपालिका वडा ४ मा रहेको डिही–फस्मी एकीकृत नमूना बस्तीको शिलानास गरिएको छ । नमूना बस्तीको वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले बुधबार एक कार्यक्रमबीच शिलान्यास गरेका छन् । बस्ती निर्माणको लागि पूर्वाधार निर्माण तथा अन्य कानुनी झन्झटका कारण केही ढिलाइ भए पनि अब घर निर्माणकार्य द्रुत गतिमा हुने भीमेश्वर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरिवंश चौलागाईंले बताए । एकीकृत नमूना बस्ती निर्माणका लागि डिही तथा फस्मीलाई ‘क’ र ‘ख’ ब्लकमा विभाजन गरिएको छ । ‘क’ ब्लक डिहीमा ४५ रोपनीमा ७५ घर तथा ख ब्लक फस्मीमा ६० रोपनीमा ११३ घर निर्माणका लागि विकसित घडेरी उपलब्ध गराइएको एकीकृत नमूना बस्तीका अध्यक्ष अर्जुन चौँलागाईंले बताए ।

एकीकृत नमूना बस्तीको लागि स्थानीयले ६० देखि १३ सय वर्गमिटरसम्म जग्गा उपलब्ध गराएका छन् । एकीकृत बस्तीमा बस्नेहरुले कम्तीमा चार आनाको विकसित घडेरी प्राप्त गरेका छन् । कम जग्गा हुनेहरुले बढी जग्गा हुनेहरुलाई तोकिएको मूल्य तिनुपर्ने सहमति भएको चौलागाईंको भनाइ छ । दुवै ब्लकमा प्लानिङ क्षेत्रभित्र पूर्वाधार निर्माणका लागि कुल जग्गाको छब्बीस प्रतिशत खर्च भएको बताइएको छ । ‘ख’ ब्लकमा विकसित घडेरी स्थानीयहरुलाई वितरण गर्ने काम सम्पन्न भइसकेको तथा ‘क’ ब्लकमा भने कित्ताकाटको काम भइरहेको उनले बताए ।

२०७२ को आम विनाशकारी भूकम्पपछि पुनर्निर्माण प्राधिकरणले पहाडी क्षेत्रमा एकीकृत नमूना बस्तीका लागि प्रतिघडेरी पूर्वाधार निर्माणका लागि चार लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको थियो । बस्तीमा पूर्वाधार निर्माणअन्तर्गत सडक, नालाको निर्माण तथा सामुदायिक भवन बनाउने स्थलको निर्माण गरिएको छ । नमूना बस्तीभित्र पर्ने स्थानीयहरुले अहिलेसम्म अन्यत्र घर निर्माण गरेका छैनन् । सात करोड ३२ लाख लागतमा बस्तीको पूर्वाधार विकासको काम ठेक्कामार्फत गराइएको हो । एकीकृत नमूना बस्ती व्यवस्थित सहरीकरणको नमूना ठाउँ हुने वडाले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया