Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal


सुबास बस्नेत
दोलखा, फागुन ११
दोलखाका स्थानीय कर दाताले कर तिर्नको लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । दोलखा उद्योग वाणिज्य सघको पहलमा आगामी चैत एक गते देखी दोलखाको सदरमुकाम चरीकोटमा आन्तरिक राजस्व कार्यालयको चरीकोटमा स्थापना गरिने भएको छ ।

दोलखामै कर कार्यालय राखेर राजधानी पुगेर गर्नुपर्ने सम्पूर्ण करको काम अब जिल्लाबाटै गरिने भएको छ । शुक्रबार र शनिबार आयोजना गरेको करदाताहरुको संयुक्त कर तालिममा आगामी चैत १ गतेदेखि सेवा सुचारू गर्ने गरी कर कार्यालयको स्थापना गर्न लागिएको उद्योग वाणिज्य संघ दोलखाका महासचिव हेमराज रिमालले जानकारी दिए । सदरमुकाम चरीकोटमा आन्तरिक राजस्व विभाग तथा नेपाल वाणिज्य महासंघको आयोजना र दोलखा उद्योग वाणिज्य संघको सहआयोजनामा दुई दिनसम्म कर तालिम सञ्चालन गरिएको हो ।

जिल्लाका साना तथा मझौला व्यवसायीलाई कर त्रुटि कम होस् र करको कर्तव्यबोध गराउन तालिम आयोजना गरिएको दोलखा उद्योग वाणिज्य संघका महासचिब हेमराज रिमालले बताए । तालिममा कर, आयकर, करदाता, आयको प्रकार, प्यान, स्थायी लेखा नम्बरको लगायतको विषयमा आन्तरिक राजस्व विभाग केन्द्रका ज्ञानेन्द्र भारीले जानकारी गराएका थिए । तालिममा सहभागीहरुले आन्तरिक राजस्व कार्यालय जिल्लामा चाँडै स्थापना गर्न माग गरेपछि चैत १ गतेदेखि सुचारू गर्ने गरी कार्यालय स्थापना गर्न लागिएको दोलखा उद्योग वाणिज्य संघले जनाएको छ ।

तालिममा उद्योग वाणिज्य संघका शाखा मैनापोखरी, सिंगटी, माघदेउराली र जिल्लाका ८० भन्दा बढी उद्योगी, व्यवसायी र सहकारीकर्मी, लेखा क्षेत्रका विद्यार्थीको सहभागिता रहेको थियो । दुई दिन चलेको कर तालिमको निमित्त प्रमुख जिल्ला अधिकारी तालिम सहभागीलाई प्रमाणपत्र वितरण गरेर समापन गरेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया