Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहिमालय एअरलाइन्सद्वारा महामारीका बेलाको संस्थागत सामाजिक उत्तरदायित्व प्रतिवेदन सार्वजनिक

हिमालय एअरलाइन्सद्वारा महामारीका बेलाको संस्थागत सामाजिक उत्तरदायित्व प्रतिवेदन सार्वजनिक


काठमाडौं । हिमालय एअरलाइन्सले महामारी अवधिमा कम्पनीले निभाएका आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व प्रतिवेदन सार्वजनिक सार्वजनिक गरेको छ । स्थापनाको प्रारम्भिक वर्षदेखि नै हिमालय एअरलाइन्स सक्रिय रूपमा आफ्नो सामाजिक उत्तरदायित्वका विविध कार्यहरूमा संलग्न छ ।

सन् २०२०–२०२१ अवधिभर गरिएका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व पहलहरूको रूपरेखा प्रस्तुत गर्दै एअरलाइन्सले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महामारीका वर्षहरूमा आपूmले निभाएका संस्थागत सामाजिक उत्तरदायित्वहरूको प्रतिवेदन जारी गरेको हो । हिमालय एअरलाइन्सकी ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दली र एअरलाइन्सका मेन्टिनेन्स एण्ड इन्जिनेरिङ्ग विभागीय प्रमुख राजेश प्रसाद श्रेष्ठले कम्पनीको उक्त प्रतिवेदन सार्वजनिक गरेका थिए ।

पत्रकार सम्मेलनमा हिमालय एअरलाइन्सको सामाजिक उत्तरदायित्व संलग्नतालाई उजागर गर्ने एउटा संक्षिप्त भिडियो पनि प्रसारण गरिएको थियो । हिमालयले विस्तारै समाजको उन्नतितर्फ आफ्नो समग्र दृष्टिकोण विकास गरेको छ । आफ्ना मुख्य संस्थागत सामाजिक उत्तरदायित्वका उद्देश्यहरूमा आर्थिक समृद्धि, वातावरणीय दिगोपना र सामाजिक उत्तरदायित्वसँग मिल्दाजुल्दा धेरै तवरबाट राष्ट्रलाई टेवा पु-याउने खालका कार्यहरू पनि जारी राखेको छ । हिमालयले प्रकाशित गरेको यो पहिलो प्रतिवेदन हो, जसले हिमालय एअरलाइन्सको दृष्टिकोण र योगदानहरूको प्रगतिको समग्र विवरण दिन्छ ।

प्रतिवेदन विमोचनमा एअरलाइन्सकी ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दलीले भनिन्, ‘कोरोना संक्रमणको महामारीले विश्वभरका मानिसको जनजीवन प्रभावित त पा-यो नै, व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकोले विगत दुई वर्ष अत्यन्तै चुनौतीपूर्ण रहे । यी चुनौतीपूर्ण घडीमा सबै सीमा र सिमानालाई पार गर्दै हिमालयले आफ्नो व्यवसायिक मर्यादालाई पालना गर्दै समाज र राष्ट्रको उन्नतिको लागि आफ्नो प्रतिबद्धतालाई पनि कायमै राख्न सफल रह्यो ।’

सन् २०२० मा देखा परेको कोभिड–१९ को प्रकोपसँगै, संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका पहिलेभन्दा अझ बढी महत्वपूर्ण भएको स्वीकार गर्दै हिमालयले नेपाल सरकारको कोभिड–१९ कोषमा १० लाख रुपैयाँ, कोभिड–१९ अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने कार्य, विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनेलगायतका कार्यमा कम्पनीका संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिहरू सन् २०२१ मा थप केन्द्रित भएको जनाएको छ ।

नेपाल सरकारसँग सहकार्य गर्दै दृढताका साथ र संकटको घडीमा भेरोसेल भ्याक्सिनको दुई लाख डोज ल्याउन दुई करोड २५ लाख रुपैयाँबराबरको चार वटा निःशुल्क कार्गो उडानहरू सञ्चालन पनि हिमालयले गरेको थियो । यस एअरलाइन्सले विगत पाँच वर्षदेखि आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व ब्यानर अन्तर्गत एक गैर–सरकारी संस्था प्रयास नेपाललाई पनि साथ दिँदै आएको छ ।

बालबालिकाहरूको सपना साकार पार्न आफ्नो शिक्षातर्फका पाइलाहरू कार्यक्रमअन्तर्गत विपन्न बालबालिकाका लागि वार्षिक रूपमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको पनि जानकारी दिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व प्रतिवेदनले हिमालय एअरलाइन्सको कार्यसम्पादन र कम्पनीको सामाजिक उत्तरदायित्वलाई उजागर गर्दै यसका पाँच प्रमुख क्षेत्रहरू आर्थिक समृद्धि, वातावरणीय दिगोपन, सामाजिक उत्तरदायित्व, सञ्चालनका पक्षहरू र गुणस्तर व्यवस्थापन प्रणालीमा योगदानको एक बृहत् दृष्टिकोण समेत प्रदान गर्दछ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया