Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकुमारी जबमा रजिस्टर्ड गरे जिमको सदस्यतामा छुट पाइने

कुमारी जबमा रजिस्टर्ड गरे जिमको सदस्यतामा छुट पाइने


काठमाडौं । कुमारी जबमार्फत जागिरको लागि दर्ता गर्दा अल्टिमेट लिफ्टिङ क्लबमा विशेष छुट पाइने भएको छ । त्यस्तै कुमारी जबका कर्मचारीहरु पनि यो सम्झौताबाट लाभान्वित हुनेछन् । कुमारी जबका म्यानेजिङ डाइरेक्टर सन्देश भण्डारीले व्यायामले तनाव कम गर्न तथा कार्यक्षमता र उत्पादकत्व बढाउन मद्दत गर्ने भएकोले कर्मचारीहरुको शारीरिक स्वास्थ्य अवस्था र उनीहरुको कामप्रतिको लगाव एकआपसमा प्रत्यक्ष रुपमा सम्बन्धित हुने बताए ।

काठमाडौँको तीनकुने सुविधानगरस्थित उक्त अल्टिमेट लिफ्टिङ क्लबको सेवा सुविधाहरुबाट लाभ लिन इच्छुक महानुभावहरुले कुमारी जब डट कम अथवा तीनकुनेस्थित कुमारी जबको कार्यालयमै गएर रोजगारीको लागि दर्ता गर्न सक्नेछन् । यसरी वेबसाइटमा अथवा कार्यालयमै गएर दर्ता गरेबापत कुनै शुल्क लाग्नेछैन । कुमारी जबले निःशुल्क रुपमा योग्यताअनुसारको रोजगारी प्रदान गर्दै आइरहेको छ । यसबाट रोजगारीको लागि दर्ता गर्दा, आवेदन दिँदा एवं रोजगारी पाइसकेपछि पनि कुनै शुल्क लाग्नेछैन ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया