Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालइमर्जिङ नेपालको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा बेल्वासे नियुक्त

इमर्जिङ नेपालको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा बेल्वासे नियुक्त


काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त भएका छन् । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७०औँ बैठकको निर्णयानुसार साउन २० गतेबाट नै लागू हुने गरी उनलाई निमित्त प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

हिरोवट युनिभर्सिटी, युकेबाट बीबीए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेन्ट एण्ड बैंकिङ लिमिटेडमा लगानी प्रमुख भई चार वर्ष काम गरेको अनुभव छ । मर्चेन्ट एण्ड बैंकिङ क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिँदा संस्थागत विकासमा अगाडि बढ्ने विश्वास कम्पनीले लिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया