Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाललमही क्रिकेट रंगशालाको निर्माणकार्य पूरा गर्न आवश्यक बजेट छुट्याइने

लमही क्रिकेट रंगशालाको निर्माणकार्य पूरा गर्न आवश्यक बजेट छुट्याइने


दाङ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले दाङको लमहीमा रहेको क्रिकेट रंगशालाको बाँकी निर्माणको कार्य सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने बताएका छन् । निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रंगशालाको सोमबार अवलोकन गर्दै उनले यसलाई पश्चिम नेपालको महत्वपूर्ण खेल मैदानका रूपमा विकास गर्न सकिने बताए ।

निरीक्षणको क्रममा उनले पूर्वाधारका बाँकी कामहरूको बारेमा जानकारी लिएका थिए । आफूले उक्त मैदानलाई उच्च प्राथमिकतामा राखेको र मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्नेमा ढुक्क हुन उनले आश्वासन समेत दिए । आठौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत उक्त मैदानमा महिला क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको थियो । आठौँ राष्ट्रिय प्रतियोगिताको दौरान रंगशालामा केही भौतिक पूर्वाधारहरू निर्माण गरिए पनि प्याराफिटलगायतका संरचना निर्माणको काम अझै बाँकी रहेको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया