Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहस्तकला उद्योगबाट रोजगारीको प्रचुर सम्भावना

हस्तकला उद्योगबाट रोजगारीको प्रचुर सम्भावना


काठमाडौं । बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलन बाबु श्रेष्ठले देशमा हस्तकला उद्योगबाट रोजगारीको प्रचुर सम्भावना रहेको बताएका छन् । बागमती प्रदेश उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासंघको सहकार्यमा बिहीबार आयोजित हस्तकला प्रवर्द्धन तथा उद्यमशीलता विषयक अन्तत्र्रिmया गोष्ठीमा उनले प्रदेश सरकार हस्तकला उद्योग व्यवसायहरुको प्रवर्द्धनमा संवेदनशील रहेको बताए ।

हस्तकला प्रवर्द्धन र उद्यमशीलता विकासको लागि प्रदेश सरकारले सक्दो सहयोग पु-याउने प्रतिबद्धता जनाउँदै उनले लघु, घरेलु तथा साना उद्योगको रुपमा रहेका हस्तकला उद्योगले रोजगारी सिर्जना र आय आर्जनमा खेलेको भूमिकाको प्रशंसा पनि गरे । कार्यक्रममा बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छे र बागमती प्रदेश सांसद तथा प्रदेश मामिला समितिका सभापति माधव पौडेलले हस्तकला क्षेत्रको विकासमा नेपाल हस्तकला महासंघको भूमिका महत्वपूर्ण भएकोले यस क्षेत्रको समष्टिगत विकासको लागि प्रदेश सरकारले महासंघबाट संचालन गरिने प्रवद्र्धनमुखी कार्यक्रमहरु सञ्चालनमा सहकार्य गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला उद्योग व्यवसायले राष्ट्रिय अर्थतन्त्रमा पु-याएको योगदान, देशमा विदेशी मुद्रा भित्र्याउन खेलेको भूमिका, रोजगारी, सिर्जना, बागमती प्रदेशमा हस्तकला ग्राम स्थापनासम्बन्धी ऐनको मस्यौदा र हस्तकला विकास नीतिको मस्यौदा तयार गरी बागमती प्रदेश सरकारसमक्ष प्रस्तुत गरेको बताए । साथै उनले सार्वजनिक निजी साझेदारीमा स्थापना हुनलागेको सार्क हस्तकला विकास केन्द्रको भवन तयार भइसकेको हुँदा उक्त केन्द्र जति सक्दो चाँडो सञ्चालन गर्न सहयोग गर्न आग्रह समेत गरे ।

कार्यक्रमका बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले गोष्ठीमा प्रस्तुत भएका सुझावहरु र नीतिगत तथा प्रक्रियागत समस्याहरुको सम्बोधन गर्न प्रदेश सरकारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता जनाए । साथै उनले जिल्ला तथा वस्तुगत संघहरुको प्रतिनिधिमूलक छाता संस्था नेपाल हस्तकला महासंघसँग प्रदेश सरकारले सहकार्य गर्दा यसबाट यस क्षेत्रको प्रवर्द्धनका लागि परिणाममुखी नतिजा प्राप्त हुने विश्वास व्यक्त गरे ।

गोष्ठीमा नेपाल हस्तकला महासंघका जिल्ला संघ तथा वस्तुगत संघका अध्यक्षहरुले आफ्नो संघसँग सम्बन्धित उद्योग व्यवसायका प्रवद्र्धनको लागि आ–आफ्नो क्षेत्रका समस्या र सुझावहरु प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा बागमती प्रदेश र नेपाल हस्तकला महासंघको तर्फबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया