Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसगरमाथासम्म विस्तार गरिने फाइबर हस्तान्तरण

सगरमाथासम्म विस्तार गरिने फाइबर हस्तान्तरण


सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म विस्तार गरिने उच्च गुणस्तरको फाइबर खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

नाम्चेदेखि सगरमाथा आधारशिविरसम्म इन्टरनेट विस्तार गरिने ३६ कोरको ४४ किलोमिटर फाइबर गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । फाप्लु विमानस्थलमा एक कार्यक्रमका बीच सहयोगी संस्था सेन्टर फर आईसीटी फर डेब्लप्टका कार्यकारी निर्देशक पवन शाक्यले गाउँपालिका अध्यक्ष मिङमा छिरि शेर्पालाई उक्त सामग्री हस्तान्तर गरेका हुन् । दुई लाख ५८ हजार युरो अर्थात् दुई करोड रुपैयाँ बराबरको सो सामग्रीको आर्थिक व्यवस्थापन एसिया कनेक्ट साउथ कोरियामार्फत युरोपियन युनियन र टेनले गरेको सहयोगी संस्था सेन्टर फर आईसीटी फर डेब्लप्ट काठमाडौँले जनाएको छ ।

उच्च गुणस्तर र प्रविधिको वाटर तथा विन प्रुभ सो फाइबरले ५० टनसम्मको भार थेग्नसक्ने सहयोगी संस्थाले जनाएको छ । सामग्री बुझ्दै गाउँपालिका अध्यक्ष मिङमा छिरि शेर्पाले निकट भविष्यमै गाउँपालिकालाई प्रविधियुक्त बनाउने बताए ।

सहयोगी संस्थामार्फत आफ्नो पालिकालाई गुणस्तरीय सामग्री प्राप्त भएकाले प्रविधिको क्षेत्रमा खुम्बुलाई देशकै नमूनाको रुपमा विकास गर्ने हिसाबले दीर्घकालीन योजनाका साथ अघि बढ्ने बताए । सोही संस्थाले यसअघि गाउँपालिकालाई राउटर, स्विच, टर्मिनल बक्सलगायतका सामग्रीहरु पनि सहयोग गरेको बताइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया