Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालइमर्जिङ नेपालको ‘प्राइभेट इक्विटी एण्ड भेन्चर क्यापिटल वर्कशप’

इमर्जिङ नेपालको ‘प्राइभेट इक्विटी एण्ड भेन्चर क्यापिटल वर्कशप’


काठमाडौं । इमर्जिङ्ग नेपालले एकदिने ‘प्राइभेट इक्विटी एण्ड भेन्चर क्यापिटल वर्कशप’ सम्पन्न गरेको छ । कम्पनीले आफ्नो सातौँ वार्षिक उत्सवको अवसरमा काठमाडौंको आकामा होटलमा बिहीबार एकदिने प्राइभेट इक्विटी एण्ड भेन्चर क्यापिटल वर्कशप आयोजना गरेको हो । कार्यक्रमको अध्यक्षता इमर्जिङ नेपालका सञ्चालक समितिका अध्यक्ष लालमणि जोशीले गरेका थिए भने प्रमुख अतिथिमा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी थिए ।

उक्त संस्थाले केयर रेटिङ नेपाल, होटल एलिस, विफिन, निफ्रा, खिम्ती–२ हाइड्रोपावरलगायत विभिन्न पूर्वाधार विकासमा लगानी गरेको छ । कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेल्वासेले इमर्जिङ नेपालले पूर्वाधार विकास र लगानी व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको बताए । उनले आगामी दिनमा विभिन्न विकासका पूर्वाधारहरुमा लगानी गर्दै जाने, लगानी व्यवस्थापनका सम्बन्धमा तालिम प्रदानलाई निरन्तरता दिने, व्यवसायीलाई कन्सल्टिङ सर्भिस गर्ने कम्पनीको योजना रहेको जानकारी दिए । कार्यक्रममा बैंक तथा वित्तीय संस्था, क्यापिटल मार्केट र प्राइभेट फर्महरु लगायतको सहभागिता थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया