Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसुपरमाई हाइड्रोको आठौँ वाषिकोत्सव

सुपरमाई हाइड्रोको आठौँ वाषिकोत्सव


काठमाडौं । सुपरमाई हाइड्रापावर लिमिटेडको आठौँ वाषिकोत्सव सम्पन्न भएको छ । ७.८ मेगावाटको सुपरमाई हाइड्रोको मंगलवार सम्पन्न साधारणसभाले छ सदस्यीय सञ्चालक समति समेत निर्विरोध घोषणा गरेको छ । साधारणसभाले नेको इन्स्योरेन्सका सीईओ अशोक कुमार खड्का, कैलाशमान राजभण्डारी, नवराज राउत, बुद्धि बहादुर थापा, सविता बर्तौलालाई संस्थापक तथा दिवस लाल मास्केलाई स्वतन्त्र तर्फबाट निर्विरोध निर्वाचित गरेको हो ।

आठौँ वार्षिकोत्सवको अवसरका साधारणसभाले ३० प्रतिशत बोनस दिने समेत निर्णय गरेको छ । साधारणसभाले भावी दिनमा सर्वसाधारणलाई सेयर दिने गरी काम अगाडि बढाउने समेत निर्णय गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया