Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालब्लड क्यान्सरपीडित शाहीलाई आर्थिक सहयोग गरिदिन आफन्तको अपिल

ब्लड क्यान्सरपीडित शाहीलाई आर्थिक सहयोग गरिदिन आफन्तको अपिल


बझाङ । ब्लड क्यान्सरपीडित ३५ वर्षे चक्र बहादुर शाहीको उपचार गर्न आर्थिक सहयोग गरिदिन उनका आफन्तले सार्वजानिक अपिल गरेका छन् । जयपृथ्वी नगरपालिका वडा नम्बर–१ बझाङको कैलाश घर भएका शाही यतिबेला काठमाडौंको सिभिल हस्पिटल नयाँ बानेश्वरमा उपचार गराइरहेका छन् ।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न चाहिने रकम सहयोग गरिदिन पीडितका आफन्तले आग्रह गरेका हुन् । एक महिनाको हाराहारीमा शाहीको उपचारका क्रममा पाँच लाख रूपैयाँभन्दा बढी खर्च भइसकेको शाहीका आफन्त कृष्ण सिंहले बताए । शाहीलाई हात, खुट्टा, टाउको दुख्ने समस्या देखिएपछि उपचारका लागि बझाङ जिल्ला अस्पताल लगिएको थियो । बझाङ जिल्ला अस्पतालले धनगढीको निसर्ग अस्पतालमा रेफर गरेको थियो ।

धनगढीको निसर्ग अस्पतालले क्यान्सरको आशंका गरेर काठमाडौंमा रेफर गरेको र काठमाडौंको सिभिल हस्पिटलमा परीक्षण गर्दा ब्लड क्यान्सर भएको देखिएकाले अहिले सोही अस्पतालमा उनको उपचार भइरहेको सिंहले जानकारी दिए । शाहीको उपचारखर्च जुटाउन स्थानीय युवाले गाउँघरमा सामूहिक अभियान समेत थालेका छन् । सहयोग संकलन गर्न एभरेष्ट बैंक लिमिटेडको बझाङ शाखामा खाता खोलिएको छ । ‘चक्र बहादुर शाही बचाऔँ’ नामको बैंक खाता नम्बर ‘०५४००५०१२०००२१’ हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया